ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालमा कोरोनाबाट एकैदिन १० जनाको मृत्यु : मृतकको सङ्ख्या ९२ पुग्यो


एबीसी न्यूज
२८ श्रावण २०७७, बुधबार   ८ : १६   बजे

काठमाडौं, २८ साउन । कोरोना सङ्क्रमणबाट नेपालमा पछिल्लो २४ घण्टामा १० जनाको मृत्यु भएको पुष्टि छ । गएको सोमबार जनकपुरको रामजानकी अस्पतालमा उपचारका क्रममा मृत्यु भएका महोत्तरीको मटिहानी नगरपालिका ६ का ५२ वर्षीय पुरुष र मङ्गलबार दिउँसो वीरगञ्ज महानगरपालिका १६ को सडकमा मृत भेटिएका बाराको विश्रामपुर ५ का ३८ वर्षीय पुरुषमा कोरोना पुष्टि भएसँगै २४ घण्टामा मृत्यु हुनेको सङ्ख्या १० पुगेको हो ।

योसँगै नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ९२ जना पुगेको छ । यसअघि काठमाण्डौको किस्ट अस्पतालमा उपचारको क्रममा काठमाण्डौको टेकुकी ७८ वर्षीया महिला र बाराको कलैयाका ७५ वर्षीय पुरुषको मृत्यु भएको थियो । यस्तै पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा धनुषाको जनकपुरकी ३८ वर्षीया महिला र मेडिसिटी अस्पतालमा जनकपुरकै ७२ वर्षीय पुरुषको पनि उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

धादिङको नीलकण्ठ नगरपालिका १४ को धुँवाकोटका ३२ वर्षीय पुरुषको ह्याम्स अस्पतालमा मृत्यु भएको छ । यस्तै कोरोना विशेष अस्पताल बुटवलमा उपचारको क्रममा कपिलवस्तु नगरपालिका २ को तौलिहवाका ४२ वर्षीय पुरुष र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा मोरङको बूढीगङ्गा गाउँपालिका २ का ५५ वर्षीय पुरुषको पनि मृत्यु भएको मन्त्रालयले जनाएको छ । यस्तै सप्तरीको डाक्नेश्वरी–८ घर भइ राजविराज ६ मा बस्ने ७२ वर्षीय पुरुषको आइसोलेशनमा लैजाने क्रममा एम्बुलेन्समै मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी–त्रिशूली बाढीबाट १२ जलविद्युत् आयोजना प्रभावित, ९४७ जना सम्पर्कविहीन

जलविद्युत् आयोजनाका सुरुङमा उद्धार तीव्र, विदेशी विज्ञसहित सेनाको टोली खोजीमा- विवरण

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu