काठमाडौं, २० मंसिर । प्रतिनिधि र प्रदेशसभा दोस्रो चरणको निर्वाचन भोली हुँदैछ ।
विहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म मतदानको समय निर्वाचन आयोगले तय गरेको छ । ४५ जिल्लामा हुने निर्वाचनमा प्रतिनिधिसभा सदस्यमा १ हजार ६ सय ६३ तथा प्रदेश सभामा २ हजार ८ सय १९ उम्मेवार प्रतिस्पर्धामा छन् । यस चरणमा प्रतिनिधिसभाका लागि १ सय २८ र प्रदेशसभाका लागि २ सय ५६ सांसद चुनिने छन् । निर्वाचनमा १ करोड २२ लाख ३५ हजार ९ सय ९३ मतदाताले भाग लिदैंछन् । युरोपेली युनियन, कार्टर सेन्टरलगायतका अन्तर्राष्ट्रिय संस्थाका ४ सय पर्यवेक्षक तथा ५२ राष्ट्रिय संस्थाका ४५ हजार पर्यवेक्षकले अनुमति लिएका छन् । १५ हजार ३ सय ४४ मतदान केन्द्रमा ७ देखि ९ जनाको दरले १ लाख ७५ हजार कर्मचारी आयोगले खटाएको छ ।
प्रतिक्रिया दिनुहोस्