ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काभ्रेपलाञ्चोकका स्थानीय तहले धमाधम सीमा क्षेत्रमा सिल गर्दै


एबीसी न्यूज
३१ श्रावण २०७७, शनिबार   ५ : ०३   बजे

काभ्रेपलाञ्चोक, ३१ साउन । कोरोना भाइरसको सङ्क्रमण समुदायमा फैलन सक्ने जनाउँदै काभ्रेपलाञ्चोकका स्थानीय तहले धमाधम सीमा क्षेत्रमा सिल गर्न थालेका छन् । नगरभित्र जनप्रतिनिधिलगायतमा कोरोना भाइरस सङ्क्रमण देखिएपछि मण्डनदेउपुर तथा भुम्लु गाउँपालिकाले आफ्नो क्षेत्र प्रवेश प्रमुख नाका–सीमामा आवतजावत रोक लगाएका हुन् ।

अत्यावश्यकबाहेक सार्वजनिक, निजी सवारी साधन तथा मानिससमेत आवतजावत नगर्न सीमामा रोक लगाइएको नगरप्रमुख टोकबहादुर तामाङले बताउनुभयो । “होटल–पसल बन्द गरी मानिसको भीडभाड, जमघटमा रोक लगाएका छौँ,” उहाँले भन्नुभयो । उहाँका अनुसार सङ्क्रमित वडा नं १२ का वडाध्यक्षको ‘कन्ट्याक्ट ट्रेसिङ’मा परेकालाई शीघ्र पोलिमरेज चेन्ज रियाक्सन ९पिसिआर० परीक्षण गर्न सार्वजनिक अपिल गरिएको छ । नगरले सूचनाको उल्लङ्घन गरे सङ्क्रामक रोग ऐन–२०२० बमोजिम सजाय र जरिवाना गर्ने जनाएको छ ।

धुलिखेल नगरले भने सदरमुकाम धुलिखेल तथा जिल्लाभर नै कोरोना सङ्क्रमण दर दिनानुदिन बढिरहेको जनाउँदै आजदेखि एक हप्ता नगरबाट प्रवाह हुने अत्यावश्यक बाहेकको सेवा बन्द गरेको छ । उसले आफ्नो क्षेत्रभित्र कुनै पनि बैठक, गोष्ठी, भेला तथा चाडपर्व मनाउँदा भौतिक दूरी कायम गरी स्वास्थ्यका मापदण्ड पूरा गर्न आग्रह गरेको छ । धुलिखेल नगरमा देखिएको एक ९८ वर्षीय सङ्क्रमित वृद्धको घर बजारमै रहेकाले धुलिखेल बजार सिल गर्ने विषयमा छलफल भइरहेको जनाइएको छ । हाल वृद्धको घर अवस्थित ७ नं वडास्थित निवास क्षेत्रको ५०० मिटर वरपर सिल गरिएको छ ।

बिहीबार धुलिखेल अस्पतालका स्वास्थ्यकर्मी तथा अस्पताल नजीक होटल व्यवसायीलाई कोरोना सङ्क्रमण पोजिटिभ देखिएपछि कन्ट्याक्ट ट्रेसिङको रिपोर्ट अवधिभर २०० मिटरको सीमा सिल गरिएको छ । नगरप्रमुख अशोककुमार ब्याञ्जू श्रेष्ठले भन्नुभयो, “सङ्क्रमण फैलिँदै गए नगरको सबै नाका बन्द गर्नुपर्ने हुन्छ ।” धुलिखेल अरनिको राजमागअन्तर्गत सिन्धुपाल्चोक, दोलखा, रामेछाप र विपी राजमार्गबाट सिन्धुली तथा पूर्वी तराईका जिल्ला जाने मुख्य नाकासमेत हो ।

बनेपा नगरले भाइरस सङ्क्रमणबाट जोगिन अत्यन्त सावधान भएर प्रयास गर्दागर्दै नगरभित्र सङ्क्रमितको सङ्ख्या बढ्दै गएकाले नगरपालिका कार्यालयबाट प्रवाह हुने सेवा भोलि आइतबारदेखि अर्का सूचना जारी नहुँदासम्म बन्द हुने जनाउँदै आज बिहानदेखि नगरभित्र अत्यावश्यकबाहेकका व्यवसाय बन्द गर्न तथा सङ्क्रमणबाट जोगिन स्वास्थ्य–सुरक्षाको मापदण्ड अपनाउन सूचना जारी गरेको छ । भुम्लु गाउँपालिकाले भने कोरोना भाइरसले आफ्नो क्षेत्रमा समेत प्रभाव पारेको जनाउँदै गाउँपालिका नाकामा सिल गर्दै अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन सार्वजनिक सूचना जारी गरेको छ । निस्कनै परे स्वास्थ्य–सुरक्षाका मापदण्ड अपनाउन अपिल गर्दै यदि सङ्क्रमित भए गाउँपालिकाकै आइसोलेसनमा राखिने जनाएको छ ।

पाँचखाल नगरले वडा नं १ को एक महिलाको कोरोना भाइरसका कारण मृत्यु भएपछि नगर तथा वडा कार्यालयबाट प्रवाह हुने सेवा अर्को सूचना जारी नहुँदासम्म शुक्रबारदेखि बन्द भएको जनाएको छ । साथै, नगरक्षेत्र सुरक्षित बनाउने विषयमा छलफल भइरहेको ६ नंका वडाध्यक्ष रामशरण दुलालले बताउनुभयो । उहाँका अनुसार महिलाको मृत्युपछि दुलाथोकस्थित पाँचखाल प्राथमिक स्वास्थ्य केन्द्र दुई दिनदेखि सिल गरिएको छ ।

काभ्रेपलाञ्चोकको अन्य स्थानीय तहले सार्वजनिक सूचनामार्फत सुरक्षित रहन स्थानीयवासीलाई आग्रह गरेका छन् । “सबैलाई सुरक्षित रहन आग्रह गरिरहेका छौँ, कतै सङ्क्रमणदेखि बस्ती सिलदेखि नाकाबन्दसमेत गर्नुपर्ने हुन्छ”, पनौती नगरप्रमुख भीमप्रसादले भन्नुभयो । उहाँका अनुसार यसअघि सङ्क्रमणका कारण केही वडा सिल गर्नु परेको थियो । नमोबुद्ध नगरले पनि शुक्रबार एकमा कोरोना सङ्क्रमण देखेपछि सिल गर्ने विषयमा छलफल भइरहको जनायो ।

यसैबीच, जिल्ला प्रशासन कार्यालय धुलिखेलले शुक्रबार एक सूचना जारी गर्दै जिल्लाको मुख्य बजार क्षेत्रमा कुनै पनि बैठक, समीक्षा, गोष्ठी, सेमिनार, छलफल तथा भेलाजस्ता कार्यक्रम नगर्न भनेको छ । जिल्लामा बिहीबार एक बिरामीसहित १० मा तथा शुक्रबार तीन नगरका आठमा कोरोना सङ्क्रमण पुष्टि भएपछि स्थानीय तहले धमाधम आफ्नो क्षेत्र सिल गर्न थालेका हुन् ।

बिहीबार बिरामी र स्वास्थ्यकर्मीलाई कोरोना भएपछि धुलिखेल अस्पताल क्षेत्र सिल गरिएको छ भने अस्पतालमा कार्यरत १२० स्वास्थ्यकर्मीलाई क्वारेन्टिनमा राखिएको छ । हालसम्म काभ्रेपलाञ्चोकमा सङ्क्रमित ७० मध्ये २९ व्यक्ति उपचारपछि घर फर्किएका छन् । सङ्क्रमणबाट एक महिलाको मृत्यु भएको छ । साथै ४१ व्यक्ति आइसोलेसनमा उपचाररत रहेका छन् ।

कोभिड–१९ रोकथाम तथा नियन्त्रण, कमान्ड पोष्टका अनुसार हाल काभ्रेपलाञ्चोकका १३ स्थानीय तहमा व्यवस्थित ८४५ श्ययाकोे क्वारेन्टिनमा १०२ पुरुष र १६ महिला बसेका छन् । ९१७ पुरुष र १८८ महिला क्वारेन्टिनको बसाइपछि घर फर्किएका हुन् । हालसम्म तेस्रो मुलुकबाट ४२० काभ्रेली घर फर्किएको तथा फर्कने क्रम जारी रहेको पोष्टले जनाएको छ । नेपालमा कोरोना भाइरसबाट पहिलोपटक काभ्रेपलाञ्चोकको धुलिखेल अस्पतालमा उपचाररत सिन्धुपाल्चोकको २९ वर्षीया सुत्केरीको मृत्यु भएको थियो ।
–––

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

सम्बन्धित

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group