ABC NEWS NEPAL | No.1 News channel of Nepal
३० असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्री ओली र समकक्षी मोदीबीच कोरोना विरुद्ध मिलेर लड्ने समझदारी


एबीसी न्यूज
३१ श्रावण २०७७, शनिबार   ५ : ४४   बजे
(File photo)

काठमाडौं, ३१ साउन । प्रधानमन्त्री केपी शर्मा ओली र उहाँका समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच कोरोना भाइरसको सङ्क्रमण न्यूनिकरणका लागि भैरहेको पछिल्लो प्रयासबारे छलफल भएको छ ।]

आज भएको टेलिफोन वार्तामा उहाँहरुबीच कोरोनाको सङक्रमण न्यूनिकरणका लागि मिलेर अघि बढ्ने समझदारी समेत भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । भारतको ७४ औँ स्वतन्त्रता दिवसको अवसरमा भएको टेलिफोन वार्ताका क्रममा प्रधानमन्त्री ओलीले कोरोनाविरुद्ध खोप बनाउने भारतसहित विश्वका विभिन्न देशहरुकोको प्रयास सफल हुने विश्वास व्यक्त गर्नुभएको परराष्ट्र मन्त्रालयले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

प्रधानमन्त्री ओलीले कोरोना भाइरसको सङ्क्रमणबारे गएको अप्रिल १० मा भएको संवादसमेत स्मरण गराउनुभएको थियो । यस्तै उहाँहरुबीच नेपाल र भारतका द्वीपक्षीय मुद्दामा संवादलाई जारी राख्ने सहमतिसमेत भएको मन्त्रालयले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

प्रधानमन्त्री ओलीले भारतको ७४ औँ स्वतन्त्रता दिवसको अवसरमा भारतीय नागरिकलाई शुभकामना समेत दिनुभएको छ । यसैबीच स्वतन्त्रता दिवसको अवसरमा प्रधानमन्त्री ओलीले शुभकामना दिनुभएकोमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि धन्यवाद दिनुभएको छ । सामाजिक सञ्जाल ट्विटर मार्फत उहाँले ७४ औँ स्वतन्त्रता दिवसको अवसरमा प्रधानमन्त्री ओलीले शुभकामना दिनुभएकोमा धन्यवाद व्यक्त गर्नुभएको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

विष्णु पौडेललाई हिरासतमा राखेर अनुसन्धान गर्न पाँचौंपटक म्याद थप

जर्मन कम्पनीको नयाँ प्रणालीबाट राहदानी वितरण सुरु

सम्बन्धित

हर्मुजमा युद्धको उल्टोगणना: ट्रम्पको आदेशपछि अमेरिकाको नयाँ आक्रमण, इरानको कडा प्रतिशोध

काठमाडौँका नदीमा बाढीको जोखिम, भोलि बिहानसम्म सतर्क रहन आग्रह

विष्णु पौडेललाई हिरासतमा राखेर अनुसन्धान गर्न पाँचौंपटक म्याद थप

लेदो झर्दा मुग्लिन–नारायणगढ सडकखण्ड दुईतर्फी अवरुद्ध

अमेरिका र इरानको अवसरको अनौठो क्षण

जर्मन कम्पनीको नयाँ प्रणालीबाट राहदानी वितरण सुरु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu