ABC NEWS NEPAL | No.1 News channel of Nepal
३० असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पछिल्लो २४ घण्टामा ४६८ जनामा कोरोना सङ्क्रमण, तीनको मृत्यु


एबीसी न्यूज
३१ श्रावण २०७७, शनिबार   ५ : ५८   बजे

काठमाडौं, ३१ साउन ।  नेपालमा थप ४६८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आज यहाँ आयोजित नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ४६८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “गत २४ घण्टामा देशभरिको प्रयोगशालामा ११ हजार ४४७ नमूना परीक्षण गर्दा ४६८ जनामा कोरोना देखिएको छ”, यससँगै कोरोना सङ्क्रमितको सङ्ख्या २६ हजार १९ पुगेको छ ।” उहाँका अनुसार हालसम्म १७ हजार २०१ जना उपचारपछि निको भएर घर फर्केका छन् । मन्त्रालयका अनुसार हालसम्म पाँच लाख पाँच हजार ६६० जनाको पिसीआर परीक्षण गरिएको छ । प्रवक्ता डा गौतमले पछिल्लो समयमा कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि खटिएका चिकित्सक र नर्सहरुमा समेत कोभिड–१९ सङ्क्रमण देखिएको र उनीहरुमाथि दुव्र्यवहार भएको समाचार प्राप्त भएको भन्दै दुव्र्यवहार नगर्न सबैमा आग्रह गर्नुभयो ।

हालसम्म विश्वमा दुई करोड १३ लाख ५७ हजार ८९० कोभिड–१९ बाट सङ्क्रमित छन् । यसको सङ्क्रमणबाट हालसम्म सात लाख ६३ हजार ३८७ जनाको मृत्यु भइसकेको छ । एक करोड ४१ लाख ५१ हजार ७६६ जना उपचारपछि निको भएर फर्किएका छन् ।
मनाङ, मुस्ताङ, डोल्पा र हुम्ला गरी चार जिल्लामा सङ्क्रमितकोसङ्ख्या शून्य छन् ।

थप तीनको मृत्यु,मृतकको सङ्ख्या १०२ पुग्यो

पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट थप ३ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । कपिलवस्तु, पर्सा र धनुषा जिल्लाका एक÷एक गरी तीन जनाको मृत्यु भएको हो । यो सँगै मृतकको सङ्ख्या १०२ पुगेको छ । तीमध्ये ८० पुरुष र २२ महिला रहेको प्रवक्ता डा गौतमले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

विष्णु पौडेललाई हिरासतमा राखेर अनुसन्धान गर्न पाँचौंपटक म्याद थप

जर्मन कम्पनीको नयाँ प्रणालीबाट राहदानी वितरण सुरु

सम्बन्धित

हर्मुजमा युद्धको उल्टोगणना: ट्रम्पको आदेशपछि अमेरिकाको नयाँ आक्रमण, इरानको कडा प्रतिशोध

काठमाडौँका नदीमा बाढीको जोखिम, भोलि बिहानसम्म सतर्क रहन आग्रह

विष्णु पौडेललाई हिरासतमा राखेर अनुसन्धान गर्न पाँचौंपटक म्याद थप

लेदो झर्दा मुग्लिन–नारायणगढ सडकखण्ड दुईतर्फी अवरुद्ध

अमेरिका र इरानको अवसरको अनौठो क्षण

जर्मन कम्पनीको नयाँ प्रणालीबाट राहदानी वितरण सुरु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu