काठमाडौं, २३ साउन । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले भोलि सोमबार सचिवालय बैठक बोलाएको छ ।
अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले पार्टीको विवादमा समाधान खोज्न कार्यदल गठन गरेपछि वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल र नारायणकाजी श्रेष्ठले विधि पद्धति नमिलेको बताउनुभएको थियो ।
उहाँहरुले शनिबार पार्टी अध्यक्ष प्रचण्डलाई भेटेर पार्टी सचिवालयको बैठक राखेर कार्यदल गठन गर्नु उपयुक्त हुने धारणा ब्यक्त गर्नुभएको थियो । नेकपा एक स्रोतका अनुसार त्यसअनुसार नै सोमबार विहान साढे ९ बजे बस्ने सचिवालय बैठकले कार्यदललाई औपचारिकता दिने सम्भावना रहेको छ ।
प्रतिक्रिया दिनुहोस्