ABC NEWS NEPAL | No.1 News channel of Nepal
३० असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्रीज्यू, जनस्वास्थ्य आपत्काल घोषणा गर्नुस्– कांग्रेस नेता थापा


एबीसी न्यूज
२ भदौ २०७७, मंगलबार   ३ : ३७   बजे

काठमाडौं, २ भदौ । नेपाली कांग्रेसका नेता गगन थापाले कोरोना नियन्त्रणका लागि सरकारलाई सुझावसहित ध्यानाकर्षण पत्र पठाउनुभएको छ ।

पूर्व स्वास्थ्यमन्त्री समेत रहनुभएका थापाले सरकारकै लापर्वाहीले अहिले कोरोना सङ्क्रमण भयावह अवस्थामा पुगेको आरोप लगाउनुभएको छ । कोरोना महामारीको रोकथाम र नियन्त्रणका लागि सबै तह तप्काको सहयोग हुँदा हुँदै पनि सरकारको असंवेदनशीलता, अहङ्कार र अकर्मण्यताका कारण यो भयानक अवस्था आएको उहाँको भनाइ छ । थापाले कोरोना रोकथाम र नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न पछिल्लो पटक गएको असार २ गते नेपाली कांग्रेस संसदीय दलका तर्फबाट भेटेरै ध्यानाकर्षण गराएको र त्यसलगत्तै संसदमा ध्यानाकर्षण प्रस्ताव दर्ता गराएको पनि जानकारी गराउनुभएको छ ।

नेता थापाले कोरोना सङ्क्रमण बढ्दो दरमा भएका काठमाडौं उपत्यकालगायका क्षेत्रमा तत्काल जनस्वास्थ्य आपत्काल घोषणा गर्न प्रधानमन्त्रीलाई सुझाव पनि दिनुभएको छ । थापाले लेख्नुभएको छ, ‘कोरोनाको बढ्दो सङ्क्रमण र सरकारको गैरजिम्मेवारीपनबाट उत्पन्न बेचैनीमा झिनो आशाका साथ पुनः यो पत्रमार्फत देशको सरकार प्रमुखको ध्यानाकर्षण गराउन खोजेको छु ।’

सम्माननीय-प्रधानमन्त्रीज्यूलाई-कोरोना-संक्रमणका-सन्दर्भमा-ध्यानाकर्षण-पत्र-1

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पूर्वी नवलपरासीको गैंडाकोटका बस्तीमा बाढी

उपत्यकाबाट बाहिरिने सबै नाका बन्द, लामो दूरीका सवारी उपत्यकामै होल्ड

सम्बन्धित

सुनसरीमा विद्युत कार्यालय धरानको गाडी दुर्घटना, २ जनाको मृत्यु

देशभर अधिकांश स्थानमा मध्यमसम्मको वर्षा, सावधानी अपनाउन आग्रह

स्ट्रेट अफ होर्मुजमा नाकाबन्दी गर्ने ट्रम्पको घोषणा, युद्ध चर्किने इरानको चेतावनी

उपत्यकाबाट बाहिरिने सबै नाका बन्द, लामो दूरीका सवारी उपत्यकामै होल्ड

हर्मुजमा युद्धको उल्टोगणना: ट्रम्पको आदेशपछि अमेरिकाको नयाँ आक्रमण, इरानको कडा प्रतिशोध

काठमाडौँका नदीमा बाढीको जोखिम, भोलि बिहानसम्म सतर्क रहन आग्रह

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu