काठमाडौं, २ भदौ । सरकारले युरोपियन युनियन (ईयू) का लागि नेपाली राजदूतमा गेहेन्द्र राजभण्डारीलाई नियुक्त गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकमा भण्डारीलाई ईयू र बेल्जियमका लागि नेपाली राजदूत नियुक्त गरेको हो । यस्तै पाकिस्तानका लागि तापस अधिकारी र जर्मनीका लागि नेपाली राजदूतमा रामकाजी खड्कालाई नियुक्त गरेको हो ।
प्रतिक्रिया दिनुहोस्