काठमाडौं, २ भदौ । राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन भएको छ । आज राष्ट्रकवि घिमिरेको निधन भएको उहाँको छोरी डा. किरण रेग्मीले जानकारी दिनुभयो । उहाँको स्वासपश्वासमा समस्या देखिए पछि विगत ४ महिना देखि अक्सिजन दिएर घरमै उपचार गरिएको थियो ।
घिमिरे स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैली भएका कुशल नेपाली साहित्यकार, कवि र गीतकार हुनुहुन्थो ।
उहाले साहित्यका कविता, खण्डकाव्य, गीतिनाटक, कथा, अनुवाद लेख(प्रबन्धजस्ता अनेकौं विधा(उपविधाहरुमा निरन्तर कलम चलाउदै आउनुभएको थियो ।
नव मञ्जरी, गौरी (शोककाव्य), मालती मङ्गले ९गीतिनाटक०, हिमालपारि हिमालवारि (गीतिनाटक), उहाले राजेश्वरी, इन्द्रकुमारी, राष्ट्रनिर्माता किन्नर–किन्नरी (गीतसङ्ग्रह), चारु चर्चा (निबन्ध), आफ्नो बाँसुरी आफ्नै गीत (निबन्ध) उहाँका चर्चित लेखहरु हुन्
प्रतिक्रिया दिनुहोस्