ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बागदरबार पुनःनिर्माणको प्रतिवेदन पेश गर्न निर्देशन


admin
२० मंसिर २०७४, बुधबार   २ : २५   बजे

काठमाडौँ, २० मंसिर ।  राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले बागदरबार प्रबलीकरण वा पुनःनिर्माण विषयमा संरचनात्मक विश्लेषणसहितको प्रतिवेदन पेश गर्न काठमाडौँ महानगरपालिका र पुरातत्व विभागलाई निर्देशन दिएको छ ।

प्राधिकरणमा बसेको विभाग, महानगरपालिका, शिक्षा मन्त्रालयअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइलगायत सरोकार भएका निकायको बैठकले यस्तो निर्देशन दिएको हो । भूकम्पले क्षति पुगेको सुन्धारास्थित ऐतिहासिक बागदरबारको प्रबलीकरण गर्ने वा पुनःनिर्माण विषयमा संरचनागत विश्लेषणसहितको प्रतिवेदन पेश गर्न बैठकले निर्देशन दिएको प्रवक्ता यमलाल भुसालले बताउनुभयो ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालको अध्यक्षतामा आज बसेको बैठकले विभागलाई ऐतिहासिक रानीपोखरी र बालगोपालेश्वरको पुनःनिर्माण चालु आवभित्रै सक्ने निर्देशन दिएको छ । प्रवक्ता भुसालका अनुसार बैठकमा महानगरपालिकाले रानीपोखरीको मर्मत आगामी पुस मसान्तसभित्रै गरेपछि दोस्रो चरणको सौन्दर्यीकरणको काम पनि चालु आवभित्रै सम्पन्न गरिसक्ने सहमति भएको छ ।

बैठकले भूकम्प प्रभावित ३१ जिल्लाका २८२ वटै स्थानीय तहमा तालीमप्राप्त डकर्मीको कमी भएकाले पुस मसान्तभित्रै सबै स्थानीय तहमा सातदिने डकर्मी तालीम सञ्चालन गर्ने निर्णय गरेको छ । तालीमबाट ५४ हजार डकर्मी उत्पादन गर्ने निर्णय पनि बैठकले गरेको छ ।

सोका लागि शहरी विकास मन्त्रालय केन्द्रीय आयोजना कार्यान्वयन एकाइ, घरेलु तथा साना उद्योग विकास समिति, संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय केन्द्रीय आयोजना कार्यान्वयन एकाइ, गरिबी निवारण कोष, प्राधिकरणअन्तर्गतको जिल्ला समन्वय समिति सचिवालय र सोअन्तर्गत संलग्न विभिन्न गैरसरकारी संस्थालाई जिम्मा दिने निर्णय भएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group