ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कैलाश खोलाले बगाएका १७ जना मध्ये ६ शव भेटियो, ११ जना बेपत्ता


एबीसी न्यूज
३ भदौ २०७७, बुधबार   १२ : २६   बजे


अछाम, ३ भदौ । अछाम जिल्लाको रामारोशन गाउँपालिका हुँदै बग्ने कैलाश खोलाले बगाएका १७ जना मध्ये ६ शव भेटिएको छ। मंगलबार राति परेको अबिरल बर्षाले गर्दा आएको बाढिले रामारोशन गाउँपालिका वडा नम्बर ५ सैनि बजारबाट बगाएका १७ जना मध्ये ६ जनाको शव कैलाश खोलाको विभिन्न स्थानमा भेटिएको हो।

४ जनाको शव बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर ६ दर्नामा पर्ने कोसेडा क्षेत्रमा भेटिएको स्थानीय देबेन्द्र थापाले जानकारी दिनुभयो। थप २ जनाको शव मंगलसेन नगरपालिका वडा नम्बर ३ मा पर्ने लमतणा र सेरीमा भेटिएको खोजी कार्यमा खटिएका स्थानीय प्रकाश कुँवरले बताउनुभयो। जनप्रतिनीधी, प्रहरी प्रशासन, स्थानीय उद्धारकर्मिको टोलि यति बेला सैनि बजारमा उद्धारका लागि गई सकेको रामारोशन गाउँपालिकाका अध्यक्ष झँकर बहादुर साउँदले बताउनुभयो जिल्लाबाट झण्डै ७ घण्टा पैदल हिडेर लाग्ने भएकाले चाडै उद्धारका लागि पहल भईरहेको अछामका प्रमुख जिल्ला अधिकारी गोकर्ण प्रसाद उपाध्यायले बताउनुभएको छ।

चाडै हेलिकप्टर मार्फत उद्धारका लागि केन्द्रसँग समन्वय भईरहेको प्रमुख जिल्ला अधिकारी उपाध्यायले जानकारी दिनुभयो। मंगलबार राती देखि आएको अविरल बर्षा पछि कैलाश खोलाले लाखौँ क्षेति पुगाएको छ। खोलाले मंगलसेन नगरपालिका वडा नम्बर १४ र बान्नीगढी जयगढ गाउँपालिकाको वडा नम्बर ६ दर्नामा स्थित पक्की पुल बगाउनुका साथै छेउछाउका खेतहरु बगरमा परिणत भएका छन्। यस्तै रामारोशन, मुजाबगर, गजडबजार, सेरि खेत, पुलबजार आसपासका खेत, कोसेडा, लगायत्का थुप्रै स्थानमा रहेका खेतहरु बगरमा परिणत भएको खबर आएका छन्। साथै निरन्तरको बर्षाका कारण रामारोशन गाउँपालिकाको केन्द्र मुजाबगर, गजडबजार लगायतका स्थान हरुमा ठूलो क्षेती गर्नुका साथै अन्य स्थानहरु पनि उच्च जोखिममा रहेका छन्।

मंगलबार राति देखि आएको अविरल बर्षा पछि कैलाश खोलामा आएको बाढीले छेउछाउका खेतहरु सबै बगरमा परिणत भएका छन्। रामारोशन, मुजाबगर, गजड बजार, सेरि खेत, पुलबजार आसपासका खेत, कोसेडा, लगायत्का थुप्रै स्थानमा रहेका खेतहरु बगरमा परिणत भएको जनाईएको छ। साथै निरन्तरको बर्षाका कारण रामारोशन गाउँपालिकाको केन्द्र मुजाबगर, गजडबजार लगायतका स्थान हरुमा ठूलो क्षेति गर्नुका साथै अन्य स्थानहरु पनि उच्च जोखिममा रहेका छन्।
यस्तै मंगलबार विहान ११ बजे तिर एकाएक वडा कार्यलयको वडा सदस्य मिन शाहाले जानकारी दिनु भयो। भवन भत्किदा कार्यलयमा रहेका सम्पूर्ण जिन्सी तथा कार्यलय प्रयोजनका कागजपत्रहरु नष्ट भएका वडा सदस्य शाहाले बताउनुभयो। कार्यालयको भवन जिर्ण अवस्थाको थियो।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group