काठमाडौं, ३ भदौ । कोरोना भाइरस संक्रमणका कारण बुधबार पर्साको वीरगञ्जमा दुई जनाको मृत्यु भएको छ । वीरगञ्जको भिस्वा घर भएका ५७ वर्षका पुरुषको मंगलबार साढे ३ बजे मृत्यु भएको थियो । उनको आज बुधबार विहान कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै साउन २७ गतेदेखि गण्डक कोभिड अस्पतालमा उपचार गराइरहेका वीरगञ्ज बिर्ताका ८४ वर्षका पुरुषको मंगलबार राति साढे १० बजे मृत्यु भएको थियो । उनको पनि बुधबार विहान रिपोर्ट पोजेटिभ आएको नारायणी अस्पताल ले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्