धरान, ३ भदौ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।प्रतिष्ठानका सूचना अधिकारी डाक्टर निदेश सापकोटाका अनुसार अस्तपालमा उपचाररत एकजना कोरोना संक्रमित महिलाको मृत्यु भएको हो । मृतक महिला सुनसरीको धरान–१५ की ७१ वर्षकी हुन् ।
उनको क्वारेन्टिन स्थालबाट स्वाब संकलन गरी साउन २३ गते कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो । कोरोनाको लक्षणहरु खोकी लाग्ने, श्वासप्रश्वासमा समस्या र ज्वरो आएपछि उनलाई वीपी कोइरला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा साउन २४ गते भर्ना गरिएको थियो ।
ती महिलामा पहिलादेखि नै दम र मुटुको समस्या समेत थियो ।
प्रतिक्रिया दिनुहोस्