काठमाडौं, ३ भदौ । निर्वाचन आयोगले नेकपा एमाले नाममा नयाँ पार्टी दर्ता गरेको छ । २०७७ साल असार १२ गते दल दर्ताका लागि आवेदन परेको थियो ।
निवेदन परेको झण्डै दुई महिनापछि आयोगले दल दर्ता गरेको हो । नवगठित नेकपा एमालेको अध्यक्षमा सन्ध्या तिवारी र महासचिव मनिषकुमार उपाध्याय रहेका छन् ।
पार्टीले आफ्नो छापमा डाँडामा उदाउँदो सूर्य राखेको थियो । कानुनअनुसार सबै मापदण्ड पुगेकाले दल दर्ता गर्ने निर्णय लिइएको निर्वाचन आयोगले जनाएको छ । कार्यालयका अनुसार नेकपा एमाले नेपालको एक सय ३२ औं पार्टी बनेको छ ।
प्रतिक्रिया दिनुहोस्