काठमाडौं, ५ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाबाट बच्दै तीज मनाउन आग्रह गर्नुभएको छ ।
ट्विटरमार्फत तीजको शुभकामना दिँदै प्रधानमन्त्री ओलीले तोकिएको सीमाभित्र रहेर तीज पर्व मनाउन र आ–आफ्नो जीवन रक्षालाई उच्च महत्व दिन सबैमा विशेष अनुरोध गर्नुभएको छ ।
प्रधानमन्त्रीले भन्नुभएको छ, ‘यस वर्षको तीज कोरोना महामारीले सिर्जना गरेको कष्टकर परिस्थितिका बीच मनाउनु परेको छ । त्यसैले विगतमा जस्तो भेटघाट, नाचगान, रमझम र उल्लासको अवस्था छैन । विज्ञहरूका सल्लाह र सरकारको निर्देशन अनुरूप नै सामाजिक व्यवहार गर्न मेरो आग्रह छ ।’
प्रतिक्रिया दिनुहोस्