ABC NEWS NEPAL | No.1 News channel of Nepal
३० असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बल्खु, कुलेश्वरसहितका तरकारी तथा फलफूलको होलसेल बजार राती १२ बजेदेखि बिहान ९ बजेसम्म खुल्ने


एबीसी न्यूज
५ भदौ २०७७, शुक्रबार   १२ : ३७   बजे

काठमाडौं,५ भदौ । तरकारी तथा फलफूलको होलसेल बजार राती १२ बजेदेखि बिहान ९ बजेसम्म मात्रै खुल्ने भएको छ । निषेधाज्ञाको पहिलो दिन कालीमाटी, बल्खु, कुलेश्वरसहितका तरकारी बजार बिहीबार राती १२ बजेदेखि बिहान ७ बजसम्म मात्रै सञ्चालनमा आएको थियो ।

किसानले बजारसम्म ल्याएको तरकारी निषेधाज्ञाकै कारण बिक्न छाडेपछि बजार खुल्ने समयअवधि बढाउन व्यवसायीले जिल्ला प्रशासन कार्यालयमा आग्रह गरेका थिए । सुरुमा प्रमुख जिल्ला अधिकारीले तरकारी, माछा मासु, फलफूल, दूग्ध डेरी र खाद्यन्न पसल दिनभरी सञ्चालन गर्न दिने बताएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास संस्थाका अध्यक्ष गीता आचार्यले बताउनुभयो । तर चार बजे आएको कोभिड परिक्षण नतिजा पछि कालीमाटी लगायतको क्षेत्रमा संक्रमीत थपिएको भन्दै दिनभरी बजार खुलाउन नसकिने जानकारी प्रहरीबाट प्राप्त भएको उहाले बताउनुभयो । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समिति र स्थानीय जनप्रतिनिधसिंगको समन्वयमा बजार बिहान ९ बजेसम्म सञ्चालन हुन दिने सहमति भएको हो । तरकारी आयातमा निषेधाज्ञा प्रभाव

तरकारीको ठूलो खपत हुने काठमाडौं उपत्याकामा निषेधाज्ञा सुरु भएपछि कालीमाटी तरकारी बजारमा तरकारी लगायतको वस्तु आयातमा ह्रास आएको छ । दैनिक ६ लाख किलो हाराहारी तरकारी भित्रिने बजारमा बिहीबार एक लाख ४० हजार किलो मात्रै तरकारी भित्रिएको बजार विकास समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पूर्वी नवलपरासीको गैंडाकोटका बस्तीमा बाढी

उपत्यकाबाट बाहिरिने सबै नाका बन्द, लामो दूरीका सवारी उपत्यकामै होल्ड

सम्बन्धित

आत्मदाह प्रयास गरेका विवेक मण्डलको उपचारका क्रममा मृत्यु

गेट छेकेर पार्किङ गर्नेहरूलाई ट्राफिकको जरिवाना, घटनामाथि प्रश्न यथावत्

सुनसरीमा विद्युत कार्यालय धरानको गाडी दुर्घटना, २ जनाको मृत्यु

देशभर अधिकांश स्थानमा मध्यमसम्मको वर्षा, सावधानी अपनाउन आग्रह

स्ट्रेट अफ होर्मुजमा नाकाबन्दी गर्ने ट्रम्पको घोषणा, युद्ध चर्किने इरानको चेतावनी

उपत्यकाबाट बाहिरिने सबै नाका बन्द, लामो दूरीका सवारी उपत्यकामै होल्ड

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu