ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेकपा कार्यदलले बुझायो प्रतिवेदन: नेतृत्वको टुंगो महाधिवेशनबाटै


एबीसी न्यूज
६ भदौ २०७७, शनिबार   ५ : ३५   बजे

काठमाडौं, ६ भदौ ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र समस्या र समाधानका बारेमा सुझाब दिन गठित कार्यदलले आफ्नो प्रतिवेदन अध्यक्षद्वयलाई आज बुझाएको छ । महासचिव विष्णु पौडेलको संयोजकत्वमा गठित कार्यदलले एकसाताको गृहकार्यपछि सहमति सहित विबाद समाधानको सुझाव समेटेर प्रतिवेदन शनिवार अपरान्ह अध्यक्षद्वयलाई बुझाएको हो ।

प्रतिबेदनमा ‘पार्टी एकीकरणलाई मजबुत बनाउने र पार्टी भित्रका आन्तरिक विबादलाई सहमतिकै आधारमा निश्कर्षमा पुर्याउने कुरालाई बुदागत रुपमा उल्लेख गरिएको छ । प्रतिबेदनमा अध्यक्ष तथा प्रधानमन्त्री ओलीले ५ बर्ष नै सरकारको नेतृत्व गर्ने , पार्टी कार्यकारी अध्यक्षका रुपमा पुष्पकमल दाहाल प्रचण्डले संञ्चालन गर्ने लगायतका कुरा उल्लेख गरिएको छ । सरकारले गर्ने काम कारबाही पार्टीको सल्लाह र सहमतिमा गर्ने , सरकारको काम कारबाहीलाई प्रभाबकारी बनाउन मन्त्रीमण्डल पूर्नगठन गर्ने तथा आबश्यक परे प्रदेश सरकारहरुमा समेत हेरफेर गर्ने कुरा पनि प्रतिबेदनमा समेटिएको कार्यदलका एक सदस्यले बताउनुभयो ।

गएको साउन ३० गते शुक्रवार अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले महासचिव बिष्णु पौडेलको संयोजकत्वमा भीम रावल, सुरेन्द्र पाण्डे, शंकर पोखरेल, पम्फा भुसाल र जनार्दन शर्मा सदस्य रहेको कार्यदल गठन गर्नुभएको थियो । कार्यदललाई साउन ३२ गते बसेको नेकपा सचिवालय बैठकले अनुमोदन गरेको थियो । कार्यदलले दिएको प्रतिवेदन अध्यक्षद्वयले अध्यायन तथा आबश्यक परे संशोधन सहित सचिवालयको बैठकमा पेश गर्ने र सचिवालय बाट स्थायी समितिको बैठकमा पेश हुने छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

सम्बन्धित

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

रास्वपाको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group