बुटवल, ७ भदौ । कोरोना भाइरसका कारण रुपन्देहीको बुटवलमा दुई जनाको मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका– १ कि ६७ वर्षकी महिलाको आइतबार दिउँसो १ बजे र समरीमाई गाउँपालिका– २ का ३८ वर्षका पुरुषको दिउँसो सवा १ बजे मृत्यु भएको अस्पतालले जनाएको छ । उनीहरुको लुम्बिनी प्रादेशिक अस्पतालको कोरोना विशेष अस्पतालमा मृत्यु भएको हो ।
प्रतिक्रिया दिनुहोस्