ABC NEWS NEPAL | No.1 News channel of Nepal
३० असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कतिको प्रभावकारी ? तीन कम्पनीका कोरोना विरूद्धका खोप नेपालमा परीक्षण हुँदै


एबीसी न्यूज
७ भदौ २०७७, आइतबार   ६ : ४२   बजे


काठमाडौं, ७ भदौ  । खोप विकासमा सबैभन्दा अगाडि रहेको विश्वका तीन खोप उत्पादक कम्पनीले नेपालमा तेस्रो चरणको खोप परीक्षणको प्रकृया अगाडि बढाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोपको नेपालमा परीक्षणको प्रक्रिया अगाडि बढाएको जनाउँदै थप प्रगति भएपछि प्रकृयाबारे जानकारी गराउने बताएको छ ।

विश्व स्वास्थ्य संगठनको निर्देशिका बमोजिम तेस्रो चरणको क्लिनिकल ट्रायलका लागि खोप निर्माता कम्पनीले विश्वका विभिन्न देशमा ठूलो संख्यामा परीक्षण गर्नुपर्ने हुन्छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप परीक्षणका लागि पहलकद्मी लिएपछि खोप विकासमा जुटेका विश्वका तीन कम्पनी नेपालमा परीक्षणको प्रक्रिया अगाडि बढाएको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले जनाएको छ ।

परिषद्ले कोभिड–१९ विरुद्धको खोपको तेस्रो चरणको क्लिनिकल ट्रायलका लागि नेपालमा अध्ययन अनुसन्धान गर्न चीन, रुस र बेलायतको अक्सफोर्ड विश्वविद्यालयको आष्टा जिनेका गरी तीनवटा कम्पनी इच्छुक रहेको जनाएको छ । नेपालमा खोप विकासको अध्ययन अनुसन्धान तथा परीक्षण सम्बन्धी गतिविधि सञ्चालन गर्न नेपाल स्वास्थ्य अनुसन्धान परिषद्लाई जिम्मेवारी दिइएको छ ।

चीनको वुहान इन्स्टिच्युट अफ बायोलोजिक प्रोडक्ट्सको सिनोफार्म, अक्सफोर्ड विश्वविद्यालयको आष्टा जिनेका र रुसको गेमेलिया नेशनल सेन्टर अफ इपिडिमियोलोजी एण्ड माइक्रोबायोलोजि खोप विकासमा अगाडि देखिएका छन् ।

गेमेलियाले भने दोस्रो चरणको परीक्षणमै खोप दत्र्ता गरी प्रभावकारी र सुरक्षित भएको दाबी गरिसकेको छ । तेस्रो चरणको परीक्षण नहुँदै गेमेलियाको उत्पादन ‘स्पुतनिक भी’ को ठूलो मात्रामा उत्पादन समेत सुरु भइसकेको छ ।

चीन, बेलायत र रुसी तीनै खोप निर्माता कम्पनीले नेपालमा तेस्रो चरणको परीक्षणको लागि तयार रहेको मन्त्रालयले जनाएको छ । परिषद्का सदस्य सचिब डा. प्रदीप ज्ञवाली खोप विकास र परीक्षणबारेको बिस्तृत जानकारी केही दिनपछि दिने बताउनुभयो ।

उत्पादक कम्पनीले सफलताको दाबी गरिरहँदा विश्वका कतिपय राष्ट्रले कम्पनीसँग आपूर्तिका लागि सम्झौता समेत गरिसकेको छ । अष्ट्रेलिया, बेलायत, जर्मनी लगायतका राष्ट्रहरु सम्झौतामा अगाडि देखिएका छन् । जनस्वास्थ्यविद् तथा चिकित्सकहरुले नेपालले समेत खोपको अधिकार सुरक्षित गर्न पहलकद्मी लिनुपर्ने बताइरहँदा मन्त्रालयले परीक्षणको लागि तीनै कम्पनीले प्रक्रिया अगाडि बढाएको जानकारी सार्वजनिक गरेको छ ।

यद्दपी खोप खरीद सम्बन्धी प्रक्रिया बारेमा मन्त्रालयले स्पष्ट गरेको छैन् । खोप सुरक्षित गर्न विभिन्न तीनवटा प्रक्रिया रहेको छ । खोप खरिद गर्न चाहने राष्ट्रले उत्पादक कम्पनीसँग प्रत्यक्ष सम्झौता गर्न सक्नेछ । अर्को विश्व स्वास्थ्य संगठनले न्यून आय भएका राष्ट्रका लागि खोप खरिद गरी आपूर्ति गर्छ । तेस्रो, विश्व स्वास्थ्य संगठन र यूनिसेफकै अनुदानमा सञ्चालित गाभीले उत्पादक कम्पनीसँगको सहकार्यमा सबै राष्ट्रमा खोपको सामान अधिकार र आपूर्तिको व्यवस्थापन गर्छ । गाभीले सन् २०२१ को सुरुवातमै न्यून र मध्यम आय भएका राष्ट्रमा दश करोड खोप वितरण गर्ने जनाइसकेको छ । यस्ता मध्यम र न्यून आय भएका राष्ट्रको संख्या ९२ छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

युरोपका दुई दिग्गजको भिडन्त, विश्वकप फाइनलको ढोका कसले खोल्ला?

पूर्वी नवलपरासीको गैंडाकोटका बस्तीमा बाढी

सम्बन्धित

युरोपका दुई दिग्गजको भिडन्त, विश्वकप फाइनलको ढोका कसले खोल्ला?

आत्मदाह प्रयास गरेका विवेक मण्डलको उपचारका क्रममा मृत्यु

गेट छेकेर पार्किङ गर्नेहरूलाई ट्राफिकको जरिवाना, घटनामाथि प्रश्न यथावत्

सुनसरीमा विद्युत कार्यालय धरानको गाडी दुर्घटना, २ जनाको मृत्यु

देशभर अधिकांश स्थानमा मध्यमसम्मको वर्षा, सावधानी अपनाउन आग्रह

स्ट्रेट अफ होर्मुजमा नाकाबन्दी गर्ने ट्रम्पको घोषणा, युद्ध चर्किने इरानको चेतावनी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu