ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चर्को मूल्यवृद्धिको गुनासो बढेपछि आपूर्तिमन्त्री मन्त्रीनै पुगे कालिमाटी


एबीसी न्यूज
८ भदौ २०७७, सोमबार   ११ : १५   बजे

काठमाडौं, ८ भदौ । काठमाडौं उपत्यकाका तरकारी बजारमा अत्याधिक भिडभाड र चर्को मूल्यवृद्धिको गुनासो बढेपछि आपूर्तिको नेतृत्वमा सोमबार बिहानै कालीमाटी र बल्खु बजारको अनुगमन भएको छ । भोलिदेखि सरकारले किन्न जाने उपभोक्ताबाटै ठगी गर्नेहरुको अनुगमन गर्ने सरकारी तयारी छ ।

बजार भाऊ अत्याधिक बढेको गुनासो आएपछि सोमबार बिहान ४ चार बजे उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट मन्त्री क्वाटरबाट काठमाडौंका तरकारी बजार अनुगमनमा निस्कनुभयो । मन्त्री भट्टले कालीमाटी फलफूल तथा तरकारी बजार र बल्खु बजारको अनुगमन गर्नुभएको मन्त्री भट्टका स्वकिय सचिव हितेष ओझाले बताउनुभयो । मन्त्री भट्टका स्वकिय सचिव ओझाका अनुसार व्यस्त तरकारी बजारमा हुने भीडभाड, उपभोक्ता र व्यवसायीले अपनाएको सुरक्षाका मापदण्ड लगायतका स्थितिबारे अनुगमन भएको छ ।

अत्यावश्यक वस्तुको कारोबार हुने स्थल कालीमाटी फलफूल तथा तरकारी बजार र बल्खु तरकारी बजारमा कोरोनाबाट जोगिनका लागि आवश्यक सुरक्षा मापण्ड नअपनाएको, भिडभाड बढेको र मूल्यवृद्धिको गुनासो आएपछि मन्त्री आफैं अनुगमनमा निस्कनुभएको हो । ओझाका अनुसार बल्खु तरकारी बजारमा भिडभाड देखिएको थियो । बजारमा न्यूनत्तम मापदण्ड कार्यान्वयन नभएको पनि अनुगमनमा भेटिएको थियो । अनुगमनका क्रममा मन्त्री भट्टले विभिन्न तरकारी पछिल्लो मूल्य अवस्थाबारे जानकारी लिनुभएको थियो । मन्त्री भट्टले व्यवसायीलाई आपूर्ति व्यवस्था र कोरोना भाइरसबाट जोगिनका लागि आवश्यक सुरक्षा मापदण्ड पालना गर्न आग्रह समेत गर्नुभएको छ ।

अनुगमनमा मौसमी तरकारीको मूल्य बढेको भेटिएको थियो । मन्त्री भट्टले बजार ठगी गर्ने कुनै क्रियाकलाप गरिएमा कारबाही गर्ने चेतावनीसमेत दिनुभयो । त्यसबाहेक व्यवसायी एवं उपभोक्ताले स्वास्थ्य सुरक्षा मापदण्ड नअपनाए कारबाही गर्न उहाँले नजिकका प्रहरीलाई निर्देशन दिनुभएको थियो । मंगलबारदेखि स्वयं उपभोक्तालाई खुल्ला बजारमा किनमेलमा पठाएर अनुगमनको नयाँ शैली अपनाउने तयारी गरिएको ओझाले जानकारी दिनुभएको छ । पछिल्लो समय काठमाडौं उपत्यकामा कोरोनाका संक्रमित बढेसँगै उपत्यकाका जिल्ला प्रशासनले भदौ १० गतेसम्मका लागि निषेधाज्ञा आदेश जारी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

रविको राजनीतिक प्रतिवेदनः राष्ट्रियसभा गैरदलीय, उपराष्ट्रपति सभाध्यक्ष (पूर्णपाठ)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group