कपिलवस्तु ९ भदौ । कपिलवस्तुु नगरपालिकामा २ जना पत्रकार सहीत थप २० जना कोरना संक्रमण पुष्टि भएको छ । यससंगै कपिलवस्तुमा सन्क्रमितको संख्या १ हजार ६५ पुगेको छ ।
यसरी संक्रमण हुने पत्रकारमा प्रेस युनियन कपिलस्तुका जिल्ला सभापति तथा एभीन्युज र अन्नपुर्ण पोस्टका संवाददाता, र एनटिभीका संवाददाता संक्रमित भएका छन । यस्तै गरी २ सरकारी शिक्षक र एक बोडिङ स्कुलका शिक्षक, , बिद्यतुका २ कर्मचारी, मालपोतका कर्मचारी एक, मायादेबी गाउपालिका वडा नम्बर १ का वडा सचिव, कांंग्रेस महासमिति सदस्य संक्रमित भएका छन ।
यस्तै किराना पसल एक, एउटै मेडीकल पसलका दुई, सशस्त्र प्रहरी खुनुवा एक, ईन्जीनियर एक, महाराजगंज नगरपालिकाका एक कर्मचारी, सुनचादी पसलका एक जना तथा ३ जना समुदायस्तरका रहेको संक्रमति भएको जिल्ला स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन कुमार थापाले बताए । गत भदौ ३ गते बुद्धपदम मा.वि देखि सन्कलन गरिएको १७३ नमुना मध्ये २० पोजेटिभ १ सय ५३ नेगेटिभ हो ।
प्रतिक्रिया दिनुहोस्