काठमाडौं,९ भदौ । कोरोना भाइरसको संक्रमणबाट बसन्तपुर घर भएका नेपाली कांग्रेस काठमाडौं महानगरपालिका–२१ का सभापति गोविन्द रञ्जितको मृत्यु भएको छ । उहाँको परीक्षण साउन २७ गते स्टार अस्पताल गरिएको र २९ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
शसस्त्र प्रहरी अस्पतालमा उपचारका लागि साउन ३१ गते जानुभएको उहाँको आइसीयूमा उपचाररत हुनुहुन्थ्यो । उहाँलाई साउन ३१ गते देखी नै भेन्टिलेटरमा राखेर उपचार गरिरहेको उहाँको आज मध्यान्ह्मा मृत्यु भएको अस्पतालका सूचना अधिकारी प्रहरी उपरीक्षक डा. प्रविण नेपालले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्