ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेकपा जिल्ला कमिटि सचिवालय सदस्य बिनिताको किर्ते धन्दा, कामै नगरि लाखौ रकम श्वाहा


एबीसी न्यूज
११ भदौ २०७७, बिहिबार   ८ : ४३   बजे

कालिकोट, ११ भदौ ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कालिकोटकी जिल्ला सचिवालय सदस्य कृष्णकला शाही (बिनिता) ले फर्जि कागजातहरु मिलाएर कामै नगरि लाखौ रकम खाएको पाईएको छ ।

सदस्य शाहीले गाँउपालिकाको लेटरप्याड, छाप तथा प्रमुख प्रशासकिय अधिकृतको हस्ताक्षर समेत कृते गरेको महाँबै गाँउपालिका श्रोतले जनाएको छ ।

सदस्य शाहीले सबै कागजातहरु कृते गरेर अग्रिम बहुउद्देयीय कृषि सहकारि संस्था लि महाबै–२ नामको सहकारी संस्थावाट कालिकोट जिल्लाका बिभिन्न सरकारी कार्यालय संग कृते कागजातहरु मिलाई सम्झौता गरि रकम खाने गरेको पाईएको हो । शाहीले जिल्लाको कृषि बिकास कार्यालय तथा तथा भु–संरक्षण मन्त्रालय बनस्पति बिभाग कार्यालयसंग सम्झौता गर्दा गाँउपालिकाका सम्पुर्ण कागजातहरु कृते गरि लाखौ रकम ल्याएको र उक्त रकमले मान्म बजारमा दुई तले पक्कि घर किनेको तथा सुर्खेतमा घडेरीहरु किनेको स्थानियहरुले आरोप लगाएका छन् ।

उहाँका श्रीमान दुर्गा प्रसाद काफ्लेको जागिर तथा आयश्रोत नै नभएको र उहाँको पनि जागिर तथा आयश्रोतहरु केहि नभएकाले यति धेरै सम्पति कतावाट आयो भन्दै नागरिकहरु गुनासो गर्न थालेका छन् । महाबै गाँउपालिकाको पत्र संख्या २०७५÷०७६, चलानि नम्बर २६६ तथा मिति २०७६।०३।२२ गतेको कृषि बिकास कार्यालय कालिकोटसंग सम्झौता गर्ने वारे पत्र तथा उक्त गाँउपालिकाकै पत्र संख्या २०७६÷०७७, चलानि नम्बर २३० तथा मिति २०७७।०३।१० गतेको बन तथा भु–संरक्षण मन्त्रालय बनस्पति बिभाग थापाथलि काठ्माण्डौ लाई अन्तिम किस्ता भुक्तानिका लागि सिफारिस पत्र समेत कृते गरेको पाइएको छ ।

सदस्य शाही सहकारी संस्थाको अध्यक्ष भएको र अरु सदस्यहरुलाई थाहा नै नदिएर यस्ता गैरकानुनी कार्य गर्दै आएको एक जना सहकारी सदस्यले बताउनुभएको छ । महाबै गाँउपालिकाका अनुसार उक्त समयमा आफ्नो चलानी नं. आठ हजार भन्दा बढी गै सकेको हुन्छ ।

आर्थिक बर्ष सकिन लाग्दा चलानी नम्बर दुइ सयमात्र हुनु सिधै कृते भएको र आफ्नो गाँउपालिकाको लेटरप्याड, छाप तथा प्रमुख प्रशासकिय अधिकृतको हस्ताक्षर समेत कृते भएको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

बेलायतमा राजनीतिक भूकम्प : प्रधानमन्त्री कियर स्टार्मरले दिए राजीनामाको घोषणा

सम्बन्धित

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

मृत व्यक्तिले अदालतमा बोले, हत्यारालाई क्षमा गरे !

बालेनले सच्याए सीमा विवादबारेको अभिव्यक्ति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group