काठमाडौं, ११ भदौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकामा एकैदिन ३८७ जनालाई कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा.डा जागेश्वर गौतमले उपत्यकामा एकैदिन अहिले सम्मकै उच्च संख्यामा संक्रमित थपिएको जानकारी दिनुभयो ।
उहाँका अनुसार काठमाडौंका २७०, ललितपुरका ६६ र भक्तपुरका ४१ जनालाई कोरोना पुष्टि भएको जानकारी दिनुभयो । उहाँहरुको कुन कुन स्थानका हुन भन्नेबारे मन्त्रालयले ठेगाना गोप्य राखेको छ ।
पछिल्लो २४ घण्टामा नेपालमा थप ११११ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयो। उहाँका अनुसार नेपालमा कोरोना संक्रमित हुनेको संख्या ३५ हजार ५२९ जना पुगेको छ। देशभर रहेका संक्रमितमध्ये १५१ जना आइसियुमा र १४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।
प्रतिक्रिया दिनुहोस्