काठमाडौं, १२ भदौ । रुपन्देहीमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ। तिलोत्तमा नगरपालिका–४ निवासी ६० वर्षीय पुरुषको लुम्बिनी प्रदेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। अस्पतालका अनुसार उनको आज बिहान २ : ३० बजे मृत्यु भएको हो। भदौ ७ गते कोरोना पोजिटिभ देखिएपछि उनलाई अस्पतालको कोरोना विशेष अस्थायी अस्पतालको आइसियुमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो। उनमभा श्वासप्रस्वासको समस्याका साथै उच्च रक्तचापको समस्या समेत थियो।
प्रतिक्रिया दिनुहोस्