काठमाडौ, १२ भदौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक स्थगित भएको छ । भोलि बस्ने तय भएको नेकपा सचिवालय बैठक आउँदो १८ गतेसम्मका लागि स्थगित भएको एक सचिवालय सदस्यले जानकारी दिए । एवीसी न्यूजलाई दिएको जानकारी अनुसार नेकपाका सचिवालय सदस्यद्वयसमेत रहेका रक्षामन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा बादलको सम्पर्कमा रहेका व्यक्तिमा कोरोना पुष्टि भएसँगै बैठक स्थगित गरिएको हो ।
प्रतिक्रिया दिनुहोस्