ABC NEWS NEPAL | No.1 News channel of Nepal
३० असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आज कोरोनाबाट थप ९ जनाको मृत्यु : मृतकको संख्या १९२ पुग्यो


एबीसी न्यूज
१२ भदौ २०७७, शुक्रबार   ३ : ०९   बजे

काठमाडौं, १२ भदौ।  पछिल्लो समयमा नेपालमा कोरोना संक्रमण दर र मृत्यु दर बढ्दो क्रममा रहेको छ । कोरोना भाइरसको संक्रमणबाट थप ९ जनाको ज्यान गएको छ । आज थप ९ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् । नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ सय ९२ पुगेको छ ।

कोरोना संक्रमणबाट रुपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्थायी अस्पतालमा एकजनाको मृत्यु भएको छ । भदौ ७ गते भर्न भएका तिलोत्तमाका ६० वर्षीय पुरुषको गएराति मृत्यु भएको हो ।

त्यस्तै कास्कीको पोखरामा कोरोना संक्रमणबाट पोखरा महानगर १६ का ५२ वर्षीय पुरुषको आज अस्पतालको गेटमै मृत्यु भयो । उपचारका लागि ल्याइएका ती पुरुषको आइसोलेसन कक्षको गेटमै मृत्यु भएको डा।अर्जुन आचार्यले जानकारी दिए ।

मोरङको विराटनगरमा पनि एक महिलाको मृत्यु भएको छ । कोशी अस्पतालमा उपचारका क्रममा सिरहाको लहान घर भएकी ६५ वर्षीया महिलाको आज बिहान मृत्यु भएको अस्पतालले जनाएको छ ।

त्यस्तै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत मोरङकी एक महिलाको आज मृत्यु भएको छ । बेलबारी घर भएकी ५६ वर्षीया महिलाको उपचारका क्रममा बिहान मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।

चितवनमा कोरोनाका कारण दुई जनाको आज ज्यान गएको छ । चितवनको पुष्पाञ्जली अस्पतालमा आज भरतपुरका ५१ वर्षीय पुरुषको कोरोनाबाट ज्यान गएको छ । ती पुरुषको बिहान १० बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

त्यस्तै चितवन मेडिकल कलेजमा मकवानपुरको हेटौँडाकी एक ७१ वर्षीया महिलाको मृत्यु भएको छ । डा।दयाराम लम्सालले ती महिलालाई ७ गतेदेखि आइसियुमा राखेर उपचार गरिएको र बिहान मृत्यु भएको जानकारी दिए ।

त्यस्तै झापाको दमकका ८३ वर्षीय पुरुषको पनि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा आज मृत्यु भएको छ । ती पुरुषको बिहान ४ बजे मृत्यु भएको हो ।

त्यस्तै भक्तपुरमा पनि ६५ वर्षीया महिलाको मृत्यु भएको छ । कोरोना संक्रमणबाट गठ्ठाघरकी ती महिलाको नागरिक अस्पताल लैजाने क्रममा बाटोमै ज्यान गएको हो ।

त्रिवि शिक्षण अस्पताल काठमाडौंमा मृत्यु भएका उदयपुरका एक ५२ वर्षीय पुरुषको पनि कोरोना पुष्टि भएको छ । ती पुरुषको गएको ९ गते अस्पतालमा उपचार सुरु भएसँगै ज्यान गएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

माजिद अन्सारी पक्राउ प्रकरणबारे रास्वपा सांसद खरेलको कडा चेतावनी ‘प्रहरीको अनुहारमा बालेन र सुदन गुरुङ’

नेपालको बीमा बजारको आकार १० खर्ब नाघ्यो, ५१ प्रतिशत जनसङ्ख्यामा पहुँच

सम्बन्धित

माजिद अन्सारी पक्राउ प्रकरणबारे रास्वपा सांसद खरेलको कडा चेतावनी ‘प्रहरीको अनुहारमा बालेन र सुदन गुरुङ’

विश्वकप २०२६: फ्रान्स र स्पेन सेमिफाइनल भिडन्तको तयारी पूरा, इंग्ल्यान्ड–अर्जेन्टिना खेलको पनि प्रतिक्षा

नेपालको बीमा बजारको आकार १० खर्ब नाघ्यो, ५१ प्रतिशत जनसङ्ख्यामा पहुँच

राज्यले संरक्षण गरेकाहरुले नै मिडिया र राजनीतिक नेतृत्वमाथि त्रास फैल्याउने गतिविधि गरेका हुन्ः नेकपा सांसद मल्ल

सरकारले मिडिया र राजनीतिक नेतृत्वको माथि त्रास फैल्याउने गतिविधिमा संलग्नमाथि कडा कारबाही गर्नुपर्दछः एमाले सांसद ठगुन्ना

विचाराधीन मुद्दामा गम्भीर अध्ययनबिना अभिव्यक्ति दिनु अनुपयुक्तः प्रमुख सचेतक ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu