काठमाडौं, १२ भदौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकामा एकैदिन ४१५ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको जानकारी दिएको छ । मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले उक्त जानकारी दिनुभयो । काठमाडौंमा ३५०, ललितपुरमा ११ र भक्तपुरमा ५४ संक्रमित थपिएका छन्।
प्रतिक्रिया दिनुहोस्