काठमाडौं, १३ भदौ । पाटन अस्पतालमा उपचाररत दुई जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा काठमाडौंकी ५१ र भक्तपुरकी ६२ वर्षीया दुई महिला रहेको अस्पतालका निर्देशक डा. रवि शाक्यले जानकारी दिनुभयो।
उहाले दुबैजनाको आइसियूमा उपचारको क्रममा मृत्यु भएको बताउनुभयो । काठमाडौंकी महिलाको शुक्रबार राति साढे ९ बजे र भक्तपुरकी महिलाको शनिबार बिहान ६ बजे मृत्यु भएको हो।
काठमाडौंकी महिला गत साउन ३० गते अस्पताल भर्ना भएकी थिइन्। डा. शाक्यले उनमा उच्च रक्तचापको समस्या रहेको बताउनुभयो । यस्तै गत भदौं ८ गते भर्ना भएकी भक्तपुरकी महिलामा भने अरु कुनै समस्या नरहेको बताउनुभयो। मृतकमध्ये काठमाडौंकी महिलाको भने हिजै शव व्यवस्थापन गरिएको र भक्तपुरकी महिलाको भने शव व्यवस्थापन गर्ने तयारी गरिएको छ।
प्रतिक्रिया दिनुहोस्