ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मानवोचित समाज निर्माण गर्न सरकार दृढ छ – प्रधानमन्त्री


एबीसी न्यूज
१४ भदौ २०७७, आइतबार   ७ : १८   बजे

काठमाडौं, १४ भदौ ।   प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा मानवोचित समाज निर्माण गर्न सरकार दृढसङ्कल्पित रहेको बताउनुभएको छ । सडकका बेवारिसे, बेसहारा तथा मनोरोगीको उद्धार गरी स्वास्थ्योपचार र संरक्षणमा अहोरात्र खटिएको मानवसेवा आश्रमको आठौँ वार्षिकोत्सव समारोहको भर्चुअल बैठकलाई सम्बोधन शनिवार गर्दै प्रधानमन्त्री ओलीले मुलुकका हरेक नागरिकलाई अवहेलित नभई सम्मानित जिन्दगी जिउन पाउने स्थितिमा पु¥याउन सरकार गम्भीर रहेको स्पष्ट गर्नुभयोे ।

सरकारले गर्ने काम आश्रमले गरेकामा उहाँले खुलेर प्रशंसा गर्नुभयो । प्रधानमन्त्री ओलीले सडक बालबालिका र सडकमानवरहित समाज निर्माण गर्ने तथा भीखमाग्ने अवस्थाको अन्त्य गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । “सरकारले गर्ने काम तपार्इाहरुले गरिरहनुभएको छ, यसप्रति जति कृतज्ञता प्रकट गरे पनि कम हुन्छ”, समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, “सरकारले सहयोग गरेको नभई सरकारको भाव नै तपाईँहरुले धानिरहनु भएको छ, उक्त अभियानका लागि क्रमशः सरकारले योगदान बढाउँदै जानेछ ।”

आश्रमले विसं २०८२ सम्म सडकमानवरहित मुलुक बनाउने लक्ष्य लिएको छ । सरकारले भने विसं २०७८ सम्म सडक बालबालिका, सडकमानव र भीख माग्नेरहित देश बनाउने लक्ष्य राखेको प्रधानमन्त्रीले जानकारी गराउनुभयो । “यो असम्भव कुरा होइन र थिएन तर कोभिड–१९ कसरी जान्छ भन्ने कुराले भर पर्ने अवस्था छ, तर लक्ष्य प्राप्त हुन्छ”, प्रधानमन्त्रीले भन्नुभयो ।

कोभिड–१९ विरुद्ध सबै नेपाली सिपाही

कोेभिड–१९ विरुद्धको जुधाइमा देशवासी नै सिपाही भएर भूमिका खेल्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, “हामी हरेकले लडाइँ गर्नुपर्छ, हामी सबै सिपाही हौँ, सरकारले जारी गरेका आदेशहरु पालना होस्, यो सरकारले आफ्ना निम्ति जारी गरेको नभई आम जनताको स्वास्थ्यका लागि हो ।”

रु एक करोड सहयोग घोषणा

उक्त समारोहमा प्रधानमन्त्री ओलीले आश्रमको सेवा कार्यका लािग स्थापना भएको अक्षय कोषमा सरकारका तर्फबाट रु एक करोड थप्ने घोषणा गर्नुभयो । आश्रममा अक्षयकोष निर्माणदेखि मासिक प्रतिव्यक्ति रु तीन हजार दिएर उत्साहित गर्ने काम सरकारले विगतमा पनि गरेको उहाँले स्मरण गर्नुभयो । उक्त कोषमा सहयोग पु¥याउन उहाँले विभिन्न संस्था र व्यक्तिलाई अनुरोधसमेत गर्नुभयो ।
भर्चुअल रुपमा मनाइएको आठौँ बार्षिकोत्सव समारोमा प्रधानमन्त्री ओलीसँगै उहाँकी धर्मपत्नी राधिका शाक्य, सङ्घीय सरकारका मन्त्री, प्रदेश सरकारका मुख्यमन्त्री, प्रदेशमन्त्री, विभिन्न मन्त्रालयका सचिव, राजनीतिक दलका नेता, कलाकार, सामाजिक क्षेत्रका प्रतिनिधि, पत्रकारलगायतको सहभागिता थियो ।

समारोहमा प्रधानमन्त्रीकी धर्मपत्नी शाक्यले आफू डेढ वर्षदेखि आश्रमसँग जोडिएको जानकारी दिँदै असहाय र बेवारिसेको उद्धारमा सहयोग गर्न र नजीकको आश्रममा पु¥याइदिनसमेत अनुरोध गर्नुभयो ।

समारोहमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङ, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलगायतले आश्रमको सेवा कार्य महत्वपूर्ण रहेको उल्लेख गर्दै आवश्यक सहयोग सरकारबाट प्राप्त हुने विश्वास दिलाउनुभयो ।

आश्रमले १५ जिल्लाका २१ सेवा केन्द्रबाट सेवा दिँदै आएको छ । आश्रममा हाल एक हजार ५५ आश्रित छन् । आठ वर्षका बीचमा एक हजार ३५० जनालाई पारिवारिक पुनःमिलन गराइसकिएको आश्रमका अध्यक्ष रामजी अधिकारीले जानकारी दिनुभयो । अल्पकालीन सेवा भने एक हजार ८०० जनाले पाइसकेका छन् । चार हजार ५०० जनाको उद्धार भइसकेको जनाइएको छ ।

गोरखा नगरपालिका पहिलो सहयोगापेक्षी सडकमानवमुक्त नगर घोषणा भइसकेको छ भने मकवानपुर पहिलो जिल्ला, भरतपुर पहिलो महानगर र कर्णाली पहिलो प्रदेश घोषणा भइसकेको छ । सीमित स्रोतसाधनले असीमित काम गर्नुपर्ने बाध्यता आएकाले आश्रमसामु ठूलो चुनौती खडा भएको अधिकारीले बताउनुभयो ।

सेवा केन्द्र विस्तार गर्ने तथा सन् २०८२ सम्ममा मुलुकलाई नै सहयोगापेक्षी सडकमानव रहित राष्ट्र निर्माण गर्ने लक्ष्य राखिएको छ । यस्तै रु २५ करोडको अक्षयकोष निर्माण गर्ने योजना छ । आश्रमका प्रमुख संरक्षक डा गोविन्द टण्डनले सरकारको साथ पाएर आश्रमले ठूलो हौसला पाएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

रविको राजनीतिक प्रतिवेदनः राष्ट्रियसभा गैरदलीय, उपराष्ट्रपति सभाध्यक्ष (पूर्णपाठ)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group