वीरगञ्ज, १४ भदौ । कोरोनाबाट वीरगञ्जमा थप १ जनाको मृत्यु भएको छ । गण्डक कोभिड अस्पतालमा उपचाररत रौतहटको राजपुरतुल्सी घर भएका ४० वर्षीय पुरुषको आइतबार बिहान ७ः४० बजे मृत्यु भएको अस्पतालले जनाएको छ । उनलाई भदौ १२ गते गण्डक कोभिड अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो ।
पुरानो मधुमेहका रोगी उनमा कडा कोभिड निमोनिया देखिएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । नारायणी अस्पतालको आइसियूमा राखेर कोराना परीक्षण गर्दा नतिजा पोजेटिभ आएको थियो । त्यसपछि उनलाई गण्डक कोभिड अस्पतालमा सारिएको कोभिड अस्पतालका संयोजक डाक्टर उदय नारायण सिंहले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्