काठमाडौं, १४ भदौ । केन्द्रीय कारागार सुन्धाराका ३५ जना कैदीमा कोरोना संक्रमण पुष्टि भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा आइतबार ३५ जनामा कोरोना संक्रमण देखिएको हो ।
कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टर (सिसिएमसी)ले तीन दिनअघि स्वाब संकलन गरिएको थियो । ६५ जनाको स्वाब लिइएकोमध्ये ३५ जनामा पोजेटिभ आएको जेलर लक्ष्मी बाँस्कोटाले बताउनुभयो ।
संक्रमितहरूलाई स्वास्थ्यकर्मीले जाँच गरिरहेका छन्। लक्षणयुक्त संक्रमितलाई अस्पताल र लक्षण नभएकालाई आइसोलेसन पठाउने तयारी भइरहेको बाँस्कोटाले बताउनुभयो । उहाँका अनुसार यसअघि सुन्धारा कारागारमा १५ जनामा कोरोना पुष्टि भइसकेको छ। ज्वरो आउने र रुघाखोकीको समस्या देखिएपछि जेलमा स्वाब संक्लन थालिएको थियो।
प्रतिक्रिया दिनुहोस्