ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ललितपुर महानगरमा सिताराम हाछेथुँ


एबीसी न्यूज
१५ भदौ २०७७, सोमबार   ११ : ३७   बजे

ललितपुर, १५ भाद्र  ।  ललितपुर महानगरपालिकाले ट्राफिक व्यवस्थापन गर्न सक्षम र सफल मानिएका पूर्व ट्राफिक प्रहरी इन्चार्ज सिताराम हाँछेथुलाई महानगरको नगर प्रहरी बल प्रमुखको जिम्मेवारीमा नियुक्त गरेको छ ।

हाछेथुँलाई नगर प्रहरी र दमकललाई व्यवस्थित गर्ने जिम्मेवारी सहित महानगरले आइतवार नियुक्त गरेको हो । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले महानगरपालिकाका नगरप्रहरीको क्षमतालाई अझैं चुस्त बनाउन सितारामलाई ल्याएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘ उहाँको कार्य क्षमता, शैलीबाट जनता प्रभावित हुनुहुन्छ, त्यसैले ल्याएका हौं ।’ प्रमुख महर्जनले पूर्व ट्राफिक प्रहरीको अनुभवले ललितपुर महानगरका नगरप्रहरी अझैं दक्ष हुने बताउँदै नमूना नगर प्रहरी बनाउन हाँछेथुको भूमिका महत्वपूर्ण हुने उहाँले बताउनुभयो । महानगर भित्रको ट्राफिक व्यवस्थापन गर्दै महानगरले तयार पारेको महानगरस्तरीय ट्राफिक व्यवस्थापन सम्बन्धित योजना कार्यन्वयन गर्न विज्ञका रुपमा सितारामलाई ल्याएको प्रमुख महर्जनले स्पष्ट पार्नुभयो ।

महानगरपालिका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले महानगरका नगर प्रहरीको क्षमतालाई चुस्त बनाउन हाँछेथुलाई नियुक्त गरेको बताउनुभयो । जनतालाई दिने सेवा प्रभावकारी र प्रशंसनीय भएकोले सितारामलाई नियुक्त गरिएको कोइरालाको भनाई थियो । हाँछेथुले महानगरको नीति र निर्देशन अनुसार ललितपुर महानगरलाई व्यवस्थित सहर बनाउन काम गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘ ललितपुरका मेयर चिरीबाबु महर्जनले विश्वास गरेर यो जिम्मेवारी दिनु भएको छ, यो जिम्मेवारी पुरा गर्छु । ’ उहाँले ललितपुर महानगरलाई नमूना नगर बनाउने प्रतिबद्धता व्यक्त गर्दै टा«फिक व्यवस्थापन, सरसफाई र फुटपाथ व्यवस्थापनलाई प्राथमिकता राखेर काम गर्ने बताउनुभयो ।

उहाँले महानगरका चिरीबाबु महर्जनलाई काम गर्ने अवसर दिएकोमा उहाँले समग्रमा ललितपुर महानगर परिवारलाई धन्यवाद दिनुभयो । २०७५ साल मंसिर महिनामा ट्राफिक प्रहरीको सेवाबाट निवृत्त भएका सितारामले राष्ट्रप्रमुख, सरकारप्रमुख , नेपालका विभिन्न मन्त्रालय, राष्ट्रिय तथा अन्तराष्ट्रिय संघसंस्थाबाट गरी एक सय २९ वटा पुरस्कार पाउनु भएको छ । सितारामले कालिमाटी, कोटेश्वर,गौशाला, भक्तपुर, ललितपुरमा ट्राफिक प्रहरी प्रमुखको जिम्मेवारी पुरा गर्नुभएको छ ।

२९ वर्ष यो क्षेत्रका बिताएका सितारामलाई स्थानीय जनतासँग मिलेर काम सक्ने क्षमता भएका व्यक्तिको रुपमा लिइन्छ । ट्राफिक प्रहरीका विभिन्न प्रभाग, वृत्त र परिसरमा २८ वर्ष इन्चार्ज भएका काम गरेको सितारामले जनतासँग मिलेर काम गर्न सक्ने व्यक्तिका रुपमा चिनिनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group