काठमाडौं, १५ भदौ । पछिल्लो २४ घण्टा नेपालमा थप ८९९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयो।
यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ३९ हजार ४६० जना पुगेको छ। सोमबार काठमाडौंमा १९०, ललितपुरमा ६७ र भक्तपुरमा ४१ संक्रमित थपिएका छन्। देशभर ७१२१ जना होम आइसोलेसनमा रहेका छन्। पछिल्लो २४ घण्टामा थप ५८८ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित नेपालमा हालसम्म २१ हजार ४१० उपचारपछि निको भएका छन्।
प्रतिक्रिया दिनुहोस्