ABC NEWS NEPAL | No.1 News channel of Nepal
३० असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चितवन, पर्सा, र सुनसरीमा थप आठ जनाको मृत्यु


एबीसी न्यूज
१६ भदौ २०७७, मंगलबार   १ : ०४   बजे


काठमाडौं, १६ भदौ ।   कोरोना भाइरसको सङ्क्रमणबाट थप आठ जनाको ज्यान गएको छ । चितवन, पर्सा, र सुनसरीमा गरी आठ जनाको मृत्यु भएको छ।

चितवनको भरतपुर अस्पतालमा गएराति ज्यान गुमाएका तीन जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । मृतक तीन जनाकै स्वाब परीक्षण गर्दा कोरोना देखिएको अस्पतालमा सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिनुभयो ।

ज्यान गएकामध्ये ५५ र १८ वर्षका महिला र ६५ वर्षका पुरुष छन् । उनीहरु सबै चितवनका हुन् । मृतक सबै अस्पताल चहार्दा चहार्दै भरतपुर अस्पताल पुगेका थिए । कडा निमोनिया देखिएका उनीहरुको अस्पताल पुगेको केही समयमै ज्यान गएको भरतपुर अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा. जगन्नाथ तिवारीले बताउनुभयो ।

चितवनको चितवन मेडिकल कलेजमा अर्का एक जना कोरोना संक्रमितको पनि ज्यान गएको छ । हेटौँडा उपमहानगरपालिका(१५ का ५८ वर्षीय पुरुषको अस्पतालमा उपचारको क्रममा गएराति ज्यान गएको हो । यस्तै पर्साको नारायणी अस्थायी कोभिड अस्पतालमा थप तीन जनाको ज्यान गएको छ । अस्पतालमा उपचार गराइरहेका पहिचान नखुलेका एक पुरुष, बाराको कोल्भी नगरपालिकाका ६० वर्षीय पुरुष र वीरगञ्ज महानगरपालिका वडा नम्बर २० का ५३ वर्षीय पुरुषको ज्यान गएको अस्पतालले जनाएको छ ।

यस्तै सुनसरीको धरानमा रहेको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गराइरहेका सिरहाका एक जना संक्रमितको ज्यान गएको छ । एक हप्ता अघि अस्पताल धर्ना भएर आईसीयूमा उपचार गराइरहेका मिर्चैया नगरपालिका–६ का ६५ वर्षीय पुरुषको ज्यान गएको प्रतिष्ठानले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

संसद्मा प्रेस स्वतन्त्रता, रवि–बालेनको प्रवेश र नियम उल्लंघनको विवाद : रास्वपा–एमालेबीच आरोप–प्रत्यारोप

किसानको बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण चिनी मिलका दुई सञ्चालक पक्राउ

सम्बन्धित

चीनले विकासशील विश्वमा कसरी साथीहरू बनाइरहेको छ ?

संसद्मा प्रेस स्वतन्त्रता, रवि–बालेनको प्रवेश र नियम उल्लंघनको विवाद : रास्वपा–एमालेबीच आरोप–प्रत्यारोप

अर्को लियोनेल : दुर्घटनावश प्रशिक्षक बनेका स्कालोनी कसरी अर्जेन्टिनाका विश्वकप नायक बने ?

किसानको बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण चिनी मिलका दुई सञ्चालक पक्राउ

माजिद अन्सारी पक्राउ प्रकरणबारे रास्वपा सांसद खरेलको कडा चेतावनी ‘प्रहरीको अनुहारमा बालेन र सुदन गुरुङ’

विश्वकप २०२६: फ्रान्स र स्पेन सेमिफाइनल भिडन्तको तयारी पूरा, इंग्ल्यान्ड–अर्जेन्टिना खेलको पनि प्रतिक्षा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu