ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जमैका ट्रिनबागो नाइट राइडर्ससँग १९ रनले पराजित


एबीसी न्यूज
१७ भदौ २०७७, बुधबार   ८ : ४५   बजे

काठमाडौं, १७ भदौ ।   क्यारेबियन प्रिमियर लिग ९सीपीएल०मा सन्दीप लामिछानेको टिम जमैका तलावाजले चौथो हार व्यहोरेको छ । हिजो भएको खेलमा जमैका शिर्ष स्थानको ट्रिनबागो नाइट राइडर्ससँग १९ रनले पराजित भयो ।

ब्रायन लारा क्रिकेट एकेडेमी मैदानमा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको ट्रिनबागो नाइट राइडर्सले २० ओभरमा चार विकेट गुमाउँदै एक सय ८४ रन बनाएको थियो । उसका लागि कोलिन मुर्नोले ६५ रन बनाए भने कायरन पोलार्डले ३३ तथा सुनिल नरायनले २९ रन बनाए ।

यस्तै लेण्डी सिमोन्सले २५ रन जोड्दा टिम सेइफेर्टले १८ रनको योगदान गरे । ३२ रनमा पहिलो विकेट गुमाएको नाइट राइडर्सले ७८ रनमा दोस्रो विकेट खेर फालेको थियो । तर अन्तिममा पोलार्डले विस्फोटक ब्याटिङ गर्दा ठूलो लक्ष्य दिएको थियो ।

बलिङमा सन्दीप लामिछानेले चार ओभरमा २० रन दिएर एक विकेट लिएका थिए । यस्तै कार्लोस ब्रेथवेटले दुई विकेट हात पारे । जवाफमा जमैकाले २० ओभरमा ६ विकेट गुमाउँदै एक सय ६५ रन बनाउन सक्यो ।

बलिङ राम्रो भएपछि ब्याटिङमा आज पनि जमैकाले राम्रो गर्न सकेन खाता खोल्न नपाउँदै पहिलो विकेट गुमाएको जमैकाले १४ रनमा दोस्रो विकेट खेर फालेको थियो । यस्तै ७८ रनमा तेस्रो विकेट गुमाएको जमैकाले ८४ रनमा चौथो, ९० रनमा पाँचौ र ९७ रनमा छैटौं विकेट गुमाउन पुग्यो ।

उसका लागि ग्लेन फिलिप्सले ४१ रन बनाएका बोनरले २६ तथा जेरमेइन ब्ल्याकउडले १२ रनको योगदान गरे । उसका चान्डविक वाल्टोनले खाता खोल्न सकेनन् भने रोभमन पावेलले दुई रन बनाए भने आसिफ अली सात रनमा नै बाहिरीए । अन्तिममा कार्लोस ब्रेथवेट र आन्द्रे रसेलले अर्धशतकीय साझेदारी गरे पनि टिमलाई हारबाट बचाउन सकेनन् । रसेलले २३ बलमा ५० रन बनाए भने ब्रेथवेटले २१ रनको योगदान गरे ।

जारी प्रतियोगितामा नाइट राइडर्सले सात खेलमा सातमा जित निकाल्दै १४ अंक बनाएको छ । जमैकाको भने सात खेलमा चौथो हार हो । उसको ६ अंक छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भारतद्वारा बाढी प्रभावित नेपाललाई १० टन राहत सामग्री पठाइयो

भोटेकोशी बाढीले टिमुरेका बैंक शाखामा ठूलो क्षति, कर्मचारी उद्धार प्राथमिकतामा

सम्बन्धित

नेपाल ‘ए’ लाई १ सय ४१ रनको लक्ष्य, कुशल भुर्तेलको उत्कृष्ट बलिङ

टप एन्ड टी–२० सिरिज: नेपाल ‘ए’ टोलीको लगातार दोस्रो जित

नेपाल ‘ए’ लगातार दोस्रो जितको खोजीमा, आज अस्ट्रेलियन क्यापिटल टेरिटोरीसँग भिड्दै

स्वर्णसहित दोहोरो अंकमा पदक जित्ने लक्ष्यसहित एसियाडको तयारीमा नेपाल

एनपीएलका लागि काठमाडौं गोर्खाजले भित्र्यायो श्रीलंकाली अलराउन्डर सहन

श्रीलंकन अलराउन्डर सहान अराचिगे काठमाडौं गोर्खाजमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu