काठमाडौं, १८ भदौ । पाटन अस्पतालमा उपचार गर्ने क्रममा भक्तपुर थिमीकी ४० वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु भएको छ। महिलाको बुधबार राति पौने दुई बजे मृत्यु भएको अस्पतालका निर्देशक डा. रवि शाक्यले जानकारी दिनुभयो ।मृतक महिलालाई बुधबार साँझमात्र अस्पताल भर्ना गरिएको थियो।
डा. शाक्यले मृतक महिला लामो समयदेखि किड्नीका बिरामी रहेको बताउनुभयो । उहाले महिलामा कोरोना भने अस्पताल ल्याउनुअघि नै पुष्टि भएको बताउनुभयो ।। मृतक महिलाको शव नेपाली सेनाको टोलीले व्यवस्थापन गर्ने तयारी गरेको छ।
प्रतिक्रिया दिनुहोस्