काठमाडौं, १८ भदौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले वामदेव गौतमलाई राष्ट्रिय सभामा लैजाने भएको छ । प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले बिहीबारको सचिवालय बैठकमा मन्त्रिपरिषद्बाट निर्णय गराएर राष्ट्रपतिकहाँ सिफारिस गरिने जानकारी गराएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनुभयो।
यसअघि अर्थमन्त्रीसमेत रहेका डा. युवराज खतिवडाको पक्षमा प्रधानमन्त्री उभिए पनि गौतमले अडान कायमै राखेपछि गौतमलाई नै सिफारिस गरिने जानकारी गराउनुभयो ।
प्रतिक्रिया दिनुहोस्