काठमाडौं, १९ भदौ । भारतमा एकैदिन ८४ हजार भन्दा धेरैमा कोरोना संक्रमण भएको छ । वल्डोमिटर्सको तथ्यांक अनुसार भारतमा एकैदिन ८४ हजार १ सय ५६ जनामा कोरोना संक्रमण देखिएको हो ।
यसरी भारतमा कोरोना संक्रमितको संख्या ३९ लाख ३३ हजार १ सय २४ पुगेको छ । त्यस्तै भारतमा एकैदिन कोरोनाबाट १ हजार ८३ जनाको ज्यान गएको छ ।
यसरी कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६८ हजार ५ सय ६ढ पुगेको छ । संक्रमित ३० लाख ३२ हजार ९ सय १६ जना उपचारपछि निको भएका छन् भने ८ लाख ३१ हजार ६ सय ३९ जना उपचाररत छन् ।
प्रतिक्रिया दिनुहोस्