ABC NEWS NEPAL | No.1 News channel of Nepal
३० असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सुशासन र समृद्धिको पक्षमा सधै एबीसी न्यूज


एबीसी न्यूज
१९ भदौ २०७७, शुक्रबार   ११ : ५९   बजे

काठमाडौं, १९ भदौ । गणतन्त्र नेपालको पहिलो न्यूज च्यानल एबीसी न्यूज टेलिभिजन आजबाट १२औं वर्ष पुरा गरि १३ वर्षमा प्रवेश गरेको छ । आज भन्दा ठीक १२ वर्ष अघि गाउ, शहर र दुनिया ब्यूझाउने अभियानका साथ भूउपग्रह प्रणाली मार्फत् एबीसी टेलिभिजनले प्रशारण सुरुआत गरेको हो । एक्युरेसी, व्यालेन्स, क्रेडिविलिटी भन्ने समाचारको मूल मन्त्रलाई आत्मसाथ गर्दै एबीसी टेलिभिजनले २४ सै घण्टा समाचार र समाचारमूलक कार्यक्रमहरु प्रशारण निरन्तर गर्दै आएको छ ।

मिनेट, घण्टा, दिन, महिना र वर्षको हिसाब गिन्ती गर्न हो भने, एबीसीले १२ वर्षे घुम्ति पार गरेको छ । यतिबेला ११ औ वर्षको कठिन घुम्ति पार गरि १२ वर्षको घुम्तीमा प्रवेश गरेको छ । यद्यपी १२ वर्ष छोटो समय पक्कै होइन , तर निरन्तर जनताको साथ र जनताकै आवाजमा कर्म गर्दा हामीलाई १२ वर्षको अवधि निकै छोटो लागेको छ । जब पुरानो कामलाई मात्रै जस दिएर वर्तमानमा चल्ने प्रयास गरिन्छ तब, छोटै समय पनि लामो लाग्न सक्छ । तर, हामी हिजो होइन, सधैभर आज भनेर काम गर्दै आएका छौं ।

सधै आज भनेर सक्रिय रहनु नै हामीलाई १२ वर्षको यात्रामा सजिलोे र उत्साही कडी बनेको छ, कारण, जनताको न्यानो माया र रचनात्मक साथ र सहयोग नै हो । जनताको अभूतपूर्व सदभाव र साथले नेपाली टेलिभिजन आकाशमा भिन्नै स्वाद दिन एबीसी सफल भएको हो । मुलुकमा नयां राजनीतिक कोर्षको शुभारम्भ हुदै गर्दा नेपालको टेलिभिजन जगतमा नयां स्वाद दिन हामी दर्शक माझ उपस्थित भएका थियौं । परिवर्तनको चेतनालाई स्थिर राजनीतिको माध्यमबाट समृद्ध मुलुक निर्माण गर्न नयां अभिभारा बोकेर नेपाली टेलिभिजन आकाशमा फरक धारमा हिड्दै आयौ, लाखौ दर्शकको असिम माया साथ र सहयोगबाट ।

संविधानसभाको पहिलो निर्वाचन लगत्तै दर्शकमाझ उपस्थित भएका हामी जहिल्यै फरक धारमा दौडियौं । अर्को हिसाबले भन्ने हो भने नयां गणतान्त्रिक चेतनमा देशलाई अघि बढाउनु पर्छ भन्ने थिममा हामी हिंड्न रुचायौं । राष्ट्र र जनताको परिवर्तनका लागि नेताका बोली टिपेर घन्काउने होइन, राष्ट्रहित र जनहितका एजेण्डा उठाउन सक्नुपर्छ भन्ने सूत्र समातेको थियो एबीसीले । हो, राजनीतिक एजेण्डामा हामी जहिल्यै अग्रपंक्तिमा नै रह्यौं । यसो भनिरंहदा हामीले गर्व महसुस गरिरहेका छौं ।

जनप्रतिनिधिमूलक संस्था संविधानसभाबाट नयां संविधान जारी भई देश संघिय प्रणलीमा गइसकेको छ । तीनै तहका निर्वाचन सफल बनाउन एबीसी देशभर जनताको आगनमा पुग्यो, सिंहदरबारलाई घच्घचायो । अस्थिर राजनीतिका कारण शासनमा कुशासन र भ्रष्ट्राचार मौलाएको थियो, सुशासनलाई प्रत्याभूत गर्दै समृद्ध नेपाल सुखी नेपालीको नाराका साथ राज्यले बेथिति अराजकता कुशासन र भ्रष्टचारलाई नियन्त्रण गर्न सरकार क्रियाशिल छ, परिवर्तीत अवस्थामा जनताको भावनालाई सम्बोधन गर्न र मुलुकमा सुशासन सहित समृद्ध लोकतन्त्रको लागि एबीसीले खबरदारी गर्दै आएको छ ।

भीर, कन्दरामा चिप्लि“दै एबीसीको बुम बोकेर हाम्रा रिपोर्टर लिपुलेकसम्म पुगेका छन् । जनजीविकाका सवालमा एबीसीको लोगो कहिल्यै अ“ध्यारोमा हराएन । हुम्ला, जुम्ला डोल्पाको खाद्य संकटदेखि, राज्यको राहतमा आएका चामलले लोकल ठर्रा बनाइएका दृश्य एबीसीले नै देखायो । धादिङदेखि जुम्लाका नागरिक गडगडाइरहेको नदीमाथि तुइनमा झुण्डिएर जीवन धान्नु परेको व्यथा पनि सुनायौं हामीले । भूकम्पले ध्वंश गरेको अस्वभाविक अवस्थामा हामी आफ्नै पीडाका घाउ दबाएर निरन्तर प्रसारण गर्न सफल भयौं । समाचार संकलनको पाटोस“गै पीडितलाई उद्धार र राहत सुविधामा एबीसीले अभियान चलायो । राहत सामाग्री बटुलेर पीडामा सहयोग गर्यो । काठमाडौं र पहाडको भुकम्पमात्रै होइन, तराइको विनाशकारी बाढीको पीडामा सबैभन्दा पहिले ग्राउन्ड जिरोबाट एबीसीले रिपोर्टिङ ग¥यो । एबीसी जनताको टेलिभिजन हो । त्यसैले जनताको आ“शुमा रमाउने भ्रष्टाचारी र अपराधीको कठालो समात्ने सवालमा दुईपटक कहिल्यै सोचेनौं । एबीसीको क्यामेराका लागि खराबहरु एकै नजरमा खराब हुन् ।

सत्य, तथ्य र विश्वसनीय काममा कहिल्यै नचुक्ने प्रतिवद्धता व्यक्त गरेका हामी, प्रविधिको प्रयोगस“गै बढीभन्दा बढी दर्शकको पहु“चमा जाने प्रयास पनि जहिल्यै गरिरह्यौं । सुरु गरेका कामको निरन्तरता र नविन कामको सुरुवात एबीसी मिसन हो । सत्य, तथ्य र विश्वसनीयतामा हामी कहिल्यै चुक्दैनौं र नया“ प्रयोगमा कहिल्यै पछि हट्दैनौं ।

वर्षाैदेखिको विकृति विसंगतिले थिलो थिलो बनेको मुलुक सङलिन अझै समय लाग्छ नै, तर मुलतः आम जनताले विश्वास र भरोसा गरेर अथाह जनमत प्राप्त शक्तिशाली कम्युनिष्ट सरकार छ । सरकारले विकास र समृद्धिको मार्गचित्र त पेश गरेको छ, तर जुन मार्गचित्र अनुसार अघि बढ्न खोजिएको छ, त्यसको अगाडि भ्रष्ट र विकृत शक्ति छ । त्यो शक्तिसंगको सामना गरेर जनताप्रति उत्तरदायी हुनुको विकल्प छैन, राजनीतिक नेतृत्वसंग । यसर्थ कुशासन र भ्रष्टाचारको अन्तको लागि नेतृत्व इमान्दार बनि समृद्ध मुलुक बनाउन युद्धस्तरमा लाग्नैपर्छ । सुशासन र समृद्धिको पक्षमा एबीसी सधै रहनेछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

संसद्मा प्रेस स्वतन्त्रता, रवि–बालेनको प्रवेश र नियम उल्लंघनको विवाद : रास्वपा–एमालेबीच आरोप–प्रत्यारोप

किसानको बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण चिनी मिलका दुई सञ्चालक पक्राउ

सम्बन्धित

चीनले विकासशील विश्वमा कसरी साथीहरू बनाइरहेको छ ?

संसद्मा प्रेस स्वतन्त्रता, रवि–बालेनको प्रवेश र नियम उल्लंघनको विवाद : रास्वपा–एमालेबीच आरोप–प्रत्यारोप

अर्को लियोनेल : दुर्घटनावश प्रशिक्षक बनेका स्कालोनी कसरी अर्जेन्टिनाका विश्वकप नायक बने ?

किसानको बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण चिनी मिलका दुई सञ्चालक पक्राउ

माजिद अन्सारी पक्राउ प्रकरणबारे रास्वपा सांसद खरेलको कडा चेतावनी ‘प्रहरीको अनुहारमा बालेन र सुदन गुरुङ’

विश्वकप २०२६: फ्रान्स र स्पेन सेमिफाइनल भिडन्तको तयारी पूरा, इंग्ल्यान्ड–अर्जेन्टिना खेलको पनि प्रतिक्षा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu