काठमाडौं, १९ भदौ । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले पदबाट राजीनामा दिनुभएको छ । खतिवडाले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा बुझाउनुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।
शुक्रबार दिउँसोको मन्त्रिपरिषद्को बैठकमा आफूलाई अर्थ मन्त्रालयको जिम्मेवारी दिएकोमा धन्यवाद दिनुभएको खतिवडाले त्यसपछि अर्थ मन्त्रालयमा कर्मचारीसँग बिदाइ कार्यक्रम गर्नुभएको थियो । त्यसपछि उहाँ सञ्चार तथा सूचना प्रविधि मन्त्रालय पुगेर पनि कर्मचारीसँग बिदाइ हुनुभएको थियो ।
मन्त्रीले प्रधानमन्त्रीसमक्ष राजीनामा दिने व्यवस्थाअनुसार खतिवडाले राजीनामा बुझाउनुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्