काठमाडौं, १९ भदौ । अप्रधानमन्त्री केपी शर्मा ओलीले अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी आफैले लिनु भएको छ । दुई मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आउनु भएका डा.युवराज खतिवडाले राजीनामा दिएपछि प्रधानमन्त्री आफैले सो मन्त्रालय लिनु भएको हो ।
यसअघि सहरी विकास मन्त्रालय खाली हुँदा भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्वाङ र संचार तथा सूचना प्रविधि मन्त्रालय खाली हुँदा अर्थमन्त्री रहेका युवराज खतिवडालाई कार्यभार तोकिएको थियो ।
प्रतिक्रिया दिनुहोस्