ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सरकार बाहिर रहे पनि मुलुकको हितमा लागिरहन्छु : खतिवडा (प्रमुख कार्य तथा उपब्धिहरु सहित)


एबीसी न्यूज
१९ भदौ २०७७, शुक्रबार   ९ : १२   बजे

काठमाडौं, १९ भदौ । अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले सात महीनामा सञ्चार तथा सूचना प्रविधि क्षेत्रमा गर्न सकिएका कामबारे भविष्यमा मूल्याङ्कन हुने विश्वास व्यक्त गर्नुभएको छ । यस अवधिमा आफूलाई सहयोग गर्ने मन्त्रालयसम्बद्ध राष्ट्रिय समाचार समितिलगायत निकाय प्रमुख, विभागीय प्रमुख र कर्मचारी वर्गलाई उहाँले धन्यवाद दिनुभएको छ ।

मन्त्रिपरिषद्को आज सम्पन्न बैठकपछि सञ्चार मन्त्रालयका उच्चपदस्थ कर्मचारी तथा सम्बद्ध निकाय एवं विभागीय प्रमुखसंँगको भेटघाटमा आफूले आजैदेखि मन्त्री पदबाट राजीनामा दिने निर्णय गरेको जानकारी गराउँदै उहाँले यस अवधिमा सबैसंँग व्यक्तिगतस्तरमा राम्रोसँंग परिचित हुने अवसर पनि नमिलेको बताउनुभयो । उहाँले भन्नुभयो, “मलाई विश्वास गरी अर्थ मन्त्रालय तथा सञ्चार तथा सूचना मन्त्रालयको कार्यभार सुम्पनुभएकोमा सम्माननीय प्रधानमन्त्रीज्यूप्रति आभारी छु । एक अध्येताका हैसियतले मैले सामान्य जानकारी राख्ने गरे तापनि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी मेरा लागि अनपेक्षित थियो ।”

मन्त्री डा खतिवडाले तोकिएका कामहरू विद्यमान कानूनबमोजिम पारदर्शी किसिमबाट सम्पन्न गर्न प्रमुखहरूलाई आग्रह गर्नुभयो । उहाँले शिक्षा, विज्ञान, कृषि लगायत क्षेत्रमा सूचना प्रविधिको उपयोग अब अपरिहार्य रहेकाले डिजिटल नेपाल फ्रेमवर्कलाई सफल तुल्याउन सूचना प्रविधिको पूर्वाधार निर्माणमा जोड दिनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

सञ्चार मन्त्रालय धेरै जनसरोकार भएको मन्त्रालयका रूपमा आफूले पाएको जनाउँदै मन्त्री डा खतिवडाले यसमा धेरै अदृश्य र असीमित स्रोत रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “कोभिड –१९ ले हामीलाई कठिन अवस्थामा पार्नुका साथै केही अभूतपूर्व अवसर पनि प्रदान गरेको छ, पहिले फेशनका रुपमा रहेका अनलाइन शिक्षा र टेलिमेडिसिन अब हाम्रा लागि यथार्थ बन्दै गएका छन् ।”

“सिंहदरबारभित्रैको एक निकायबाट पठाइएको चिठ्ठीपत्र अर्को निकायमा किन ढिलो पुग्छ ? शासकीय प्रबन्ध र सूचना प्रविधिको प्रयोग गरियो भने यस्तो अवस्था रहँदैन”, मन्त्री डा खतिवडाले भन्नुभयो, “तोकिएका काममा शीघ्रता ल्याउनोस्, यस्ता समस्याहरु हल हुन्छन् ।”
मन्त्री डा खतिवडाका अनुसार उहाँले अर्थमन्त्रीका रूपमा दुई वर्ष छ महीना केही दिन र सञ्चारमन्त्रीका रूपमा सात महीना काम गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

क्रोएसियाको नकआउट सम्भावना जिवितै, पानामाको विश्वकप यात्रा टुंगियो

रवि फेरि सभापति, बालेनको मध्यराति सन्देश : ‘शुभकामना हाम्रो पार्टीलाई’

सम्बन्धित

विश्वकप २०२६ : बराबरी अंकमा कसरी छुट्टिन्छ टोलीको भाग्य?

क्रोएसियाको नकआउट सम्भावना जिवितै, पानामाको विश्वकप यात्रा टुंगियो

रवि फेरि सभापति, बालेनको मध्यराति सन्देश : ‘शुभकामना हाम्रो पार्टीलाई’

रास्वपा : न शुद्ध सामाजिक लोकतन्त्र हो, न उदार लोकतन्त्र, न दक्षिणपन्थी पपुलिज्म — ‘असुसंगठित मिश्रण’

रोनाल्डोको दुई गोल, पोर्चुगलको सहज जित, इंग्ल्यान्डलाई घानाको कडा चुनौती

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group