काभ्रे, २१ मंसिर । काभ्रे बनेपाका ८२ वर्षीय कृष्ण कर्माचार्यको मतदान गर्ने क्रममा मतदानस्थलमै निधन भएको छ ।
बिहान मतदान केन्द्र पुगेका उनी बेहोस भएका थिए । बनेपा ४ नालाका कर्माचार्यलाई छोरा रामगोपाल कर्माचार्यले मतदान केन्द्र लगेका थिए ।
सुरक्षा चेकजाँच सकेर भित्र पसेका कर्माचार्यले हरियो मत्र समेत लिएका थिए । तर उनले छाप लगाउन नपाउँदै ढलेका थिए ।
प्रतिक्रिया दिनुहोस्