ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्री ओलीले उद्योगीसँग भेट्दै, यी विषयमा हुँदै छ छलफल


एबीसी न्यूज
२१ भदौ २०७७, आइतबार   ३ : ५६   बजे

काठमाडौं, २१ भदौ । अर्थ मन्त्रालयको जिम्मेवारी समेत लिएका प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार साढे ४ बजे उद्योगी/व्यवसायीलाई भेट्दै हुनुहुन्छ। ओलीले बालुवाटारमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सका प्रमुखसँग भेटघाट गर्न लाग्नु भएको हो।

अर्थ मन्त्रालयको जिम्मेवारी पनि आफ्नो काँधमा आएपछि उहाँले बालुवाटारमा तीनओटा निजी क्षेत्रका प्रमुख तथा प्रतिनिधिलाई बोलाउनु भएको हो ।

‘प्रधानमन्त्री ओलीले निजी क्षेत्रका तीनओटै संस्थाका प्रमुख तथा उद्योगीलाई बोलाउनु भएको छ । कोरोना भाइरसका कारण देशको अर्थतन्त्र नराम्ररी प्रभावित भएको र त्यसलाई उकास्न सरकारले के गर्नुपर्छ र निजी क्षेत्रले के गर्नुपर्छ भन्ने विषयमा गम्भीर छलफल हुन्छ,’ बालुवाटार स्रोतले भन्यो, ‘उद्योगी/व्यवसायीसँग सरकारको अपेक्षा के छ ? अहिले सरकारसँग उनीहरु केही असन्तुष्ट बनेको अवस्था छ ।

त्यसलाई कसरी समाधान गर्न सकिन्छ भन्ने विषयमा छलफल हुन्छ ।’ कोरोनाका कारण ५ महिनादेखि आर्थिक गतिविधि पूर्ण रुपमा बन्द छ । उद्योग पनि चल्न सकेका छैनन् । त्यहाँ काम गर्ने मजदुरले पनि तलब पाउन सकेका छैनन् ।

उद्योगीले बैंकलाई ब्याज बुझाउन सकेका छैनन् । यस्तो अवस्थमा प्रधानमन्त्री ओलीसँग हुन लागेको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ । नेपाल उद्योग परिसंघका अध्यक्ष सतिशकुमार मोरले प्रधानमन्त्रीले समय दिएर भेट्न बोलाउनु भएको जानकारी दिनुभयो । खासगरी अहिल अर्थतन्त्रमा गम्भीर समस्या देखिएको र यस विषयमा प्रधानमन्त्री ओलीको विशेष चासो रहेको उहाको भनाइ छ ।

‘अहिले उद्योगी व्यवसायीले पनि समस्या भोगिरहेका छन् । केन्द्र सरकारले उद्योग व्यवसायलाई निर्वाध रुपमा चल्न दिने बताए पनि त्यस अनुरुप उद्योग सञ्चालन हुन सकेको छैन्,’ उहहाँले भन्नुभयो , ‘यस विषयमा पनि प्रधानमन्त्री ओलीसमक्ष यो विषय उठाउँछौं ।’
प्रधानमन्त्री ओलीले बोलाएको बैठकमा उद्योगमन्त्री लेखराज भट्ट निर्वतमान अर्थमन्त्री युवराज खतिवडा पनि सहभागि हुने स्रोतले जनाएको छ । त्यसबाहेक अर्थका पदाधिकारी पनि सो बैंठकमा उपस्थित हुने बुझिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

सेनेगललाई पराजित गर्दै नर्वे नकआउट प्रवेश

एम्बाप्पे चम्किए, फ्रान्सले इराकलाई गोलविहीन बनायो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group