ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कस्ता मास्क कसरी लगाउने : मास्क प्रयोगका अरु पनि छन् फाइदा


एबीसी न्यूज
२१ भदौ २०७७, आइतबार   ४ : १०   बजे


काठमाडौं, २१ भदौ ।   “कार्टुनलगायतका उनीहरुलई रमाइलो लाग्ने चित्रहरु मास्कमा राख्दा त्यो मन पराएर साना बालबालिकाले मास्क लगाउन सक्छन्” जनस्वास्थ्य विशेषज्ञ डा।रबिन्द्र पाण्डेले भन्नुभयो, “किशोरकिशोरीका फेन्सी खालको छुट्टै डिजाइनको मास्क रुचिकर हुनसक्छ ।”

विश्वव्यापी रुपमा फैलिइरहेको कोभिड–१९ को सङ्क्रमण नियन्त्रणका लागि मास्कको प्रयोग बढाउन व्यक्तिको उमेर, पेशा र रुचिअनुसारको मास्कको उत्पादनले सहयोग गर्ने डा। पाण्डेले बताउनुभयो । खेलप्रेमीका लागि खेलाडीको फोटो भएको त अरुका लागि सगरमाथा वा नेपालका सम्पदाको फोटो राखेको मास्क हुँदा उनीहरु खुशी हुनेछन् । ज्येष्ठ नागरिकलाई भगवानको फोटो हुँदा रुचिकर हुनसक्ने उहाँको तर्क छ ।

जनस्वास्थ्य विशेषज्ञ डा।रबिन्द्र पाडेका अनुसार सबैलाई रुचिअनुसार मास्क बजारमा उपलब्ध हुँदा यसको प्रयोग बढ्छ । कोभिड–१९ को सङ्क्रमण देशभरि बढीरहँदा मास्कको प्रयोगलाई सङ्क्रमण रोक्ने सबैभन्दा बलियो अस्त्रका रुपमा हेरिएको छ । बजारमा अहिले पनि सबै उमेरका लागि फरक आकारका मास्क नभएको उहाँको भनाई छ । जुत्ता, कपडा जस्तै यो पनि फरक फरक आकार र किसिमका हुनुपर्छ । उहाँले भन्नुभयो, “युवामा नै अलि दुब्लो मान्छेलाई समेत मिल्ने खालको मास्क पाइँदैन ।”

एन ९५ वा के ९५, सर्जिकल र कपडाको मास्क गरी अहिले बजारमा तीन किसिमका मास्क पाइन्छ । तीमध्ये एन ९५ माक्स भल्भ भएको र नभएको पनि बजारमा उपलब्ध हुने गरेको छ । सर्जिकल माक्सभन्दा कपडाको बढी प्रभावकारी हुन्छ । एन ९५ वा के ९५ अस्पतालको लागि डिजाइन गरिएको माक्स हो ।

अरु मास्कको तुलनामा महङ्गो पर्ने भएकाले आमनागरिकले एन ९५ लगाउन जरुरी नभएको डा। पाण्डेको भनाइ छ । यो धोएपछि कसिलो नहुने भएकाले धेरै धुन मिल्दैन । त्यस्तै, भल्भ भएको मास्क सास फेर्न र कुरा गर्न सजिलो भएपनि सङ्क्रमितले यो लगाउँदा अरुलाई सर्न सक्ने सम्भावना छ । उहाँले भन्नुभयो, “यस्तो मास्कको प्रयोग आमनागरिकले नगरेकै राम्रो हो ।”

कोभिड–१९ सङ्क्रमण भित्रिएसँगै विश्वमा नै मास्कको प्रयोग बढीरहेको देखिन्छ । शुरुमा विश्व स्वास्थ्य संगठनले स्वस्थ व्यक्तिले लगाउनु पर्दैन र मास्क लगाउने भनेको सङ्क्रमितले हो भन्ने धारणा बनाएको थियो । कोरोना भाइरसको आकार सानो भएकाले प्वालबाट छिर्छ भन्ने धेरैको बुझाई थियो । बिस्तारै, एक व्यक्तिबाट अर्को व्यक्तिमा भाइरस मात्रै जाँदैन बोल्दा, खोक्दा, वा हाछ्युँ गर्दा त्यो कणसँगै जान्छ भन्ने अध्ययनले देखायो । त्यो कण आँखाले नदेखेपनि ठूलो आकारको हुन्छ । त्यो मास्कबाट छिर्देन । त्यसले सङ्क्रमित भए वा नभएपनि मास्क लगाउनुपर्छ भन्ने धारणा आएको पाइन्छ ।

तीन किसिमका मास्कसँगै बजारमा रुमाल वा पछ्यौरा, सल, गलबन्दी प्रयोग पनि बढीरहेको देखिन्छ । पछिल्लो अनुसन्धानले एक दुई पचास, सय भाइरस प्रवेश गर्दैमा सङ्क्रमण हुँदैन र सङ्क्रमण हुन एकदेखि तीन हजार भाइरस आवश्यक पर्छ भन्ने देखाएको छ । त्यसैले पनि मास्क वा अरु कपडाको प्रयोग गरी नाक, मुख छोप्दा भाइरसको लोड कम हुने डा। पाण्डेको धारणा छ ।

आमनागरिकले दैनिक घरबाहिर निस्कँदा कपडाकै मास्क प्रयोग गर्नसक्ने उहाँको सुझाव छ । कटन वा मलमल कपडाको दुई तीन पत्र बनाएर सिलाएको मास्कले सङ्क्रमणबाट बच्न सघाउँछ । कतिपयले एकभन्दा बढी मास्क लगाएको पाइन्छ । सुरक्षाका हिसाबले एक तहको मास्क एकभन्दा बढी लगाउनु राम्रो भएपनि यसबाट सास फेर्न गाह्रो हुन्छ । बजारमा पाइने धेरै मास्कमा नाकको माथिल्लो भागमा च्याप्ने नभएको पाइएको छ । ती मास्कमा आफैँले पनि च्याप्ने कुरा हाल्न सकिने उहाँको धारणा छ । उहाँले भन्नुभयो, “नाक माथि च्यापेर गालाबाट हावा पस्न रोक्न सकिन्छ ।”

चिकित्सकले लामो समयसम्म लगाउनुपर्ने हुँदा दैनिक परिवर्तन गरिराखे पनि आमनागरिकले एन ९५ वा के ९५ मास्क केही दिनसम्म प्रयोग गर्न सक्छन् । यो मास्क वा कपडाको मास्क घर बाहिरबाट आएपछि घाममा सुकाउने र भोलिपल्ट लगाउने गरी प्रयोग गर्न सकिन्छ । सर्जिकल मास्क धोएर प्रयोग गर्न मिल्दैन भने अरु घाम वा हावामा झुण्डाएर तीनचार दिन प्रयोग गर्न सकिन्छ । मास्क धुँदा पनि सफा पानीमा भिजाएर हल्का मालिस गरे जसरी सफा गर्ने उहाँको सुझाव छ । उहाँले भन्नुभयो, “ मास्कलाई पानीमा छोपलेर झिक्ने गर्दा त्यसबाट रेसा निस्कँदैन ।”

कस्तो मास्क लगाउने भन्नेसँगै कसरी मास्क लगाउने भन्ने कुराले पनि सङक्रमण रोक्न सकिन्छ । मास्क लगाउँदा कसिलो हुनुपर्छ र हावा छिर्ने हुनुहुँदैन । पातलो मान्छे वा अनुहार सानो अनुहार लगाउँदा आँखा मुनिको भागबाट हावा छिर्ने सम्भावना हुने भएकाले ध्यसमा ध्यान दिनुपर्ने उहाँको सुझाव छ ।

कोभड–१९ को रोकथामका लागि मास्क प्रयोगले सहयोग पुग्ने विभिन्न देशको प्रयोगको दरले देखिएको छ । चीन, जापान, कोरिया, कम्बोडिया, भुटान, सिङ्गापुरलगातका ९० प्रतिशत बढी जनसङ्ख्याले मास्क प्रयोग गर्ने देशमा कोभिड चाँडो नियन्त्रणमा आएको पाइएको छ । यी देशका नागरिकमा पहिलेदेखि नै विभिन्न भाइरसबाट बच्न मास्क लगाउने बानी थियो । अमेरिका, संयुक्त अधिराज्य र युरोपका देशहरुमा धेरैले मास्क लगाउनु सजाय ठान्छन् । अध्ययनहरुले सङ्क्रमण उच्च गतिमा फैलिरहँदा पनि यहाँका २५ प्रतिशतभन्दा कमले मास्क लगाएको पाइएको थियो । यीनै देशहरुमा पनि माक्सको प्रयोग भएका राज्यमा सङ्क्रमण चाँडो नियन्त्रणमा आएको पाइएको डा। पाण्डेले जानकारी दिनुभयो ।

मास्कको प्रयोग, साबुनपानीले हात धुने वा सेनेटाइजरको प्रयोग गर्ने बानी बसाल्न सरकारले पनि नागरिकलाई अनुरोध गर्दै आएको छ । यीमध्ये पनि मास्कको प्रयोग नै सबैभन्दा प्रभावकारी रहेको अध्ययनले देखाएको छ । उहाँले भन्नुभयो, “समुहमा बस्दा पनि सबैले मास्क लगाउँदा सङ्क्रमणको जोखिम दुई तिहाई घट्छ ।”

कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि मास्कको प्रयोग बढाउनैपर्छ । सरकारले कडा नियम बनाएर मास्कको प्रयोग बढाउन सक्ने डा। पाण्डेको तर्क छ । अहिले प्रशासनले मास्कको प्रयोग नगर्ने व्यक्तिलाई रु एक सय जरिवाना गर्दै आएकामा यसलाई बढाउनुपर्ने उहाँको सुझाव छ । मास्क नलगाएकालाई कुनै पनि सेवा नदिइने नीति अवलम्वन गर्न खाँचो छ । उहाँले भन्नुभयो, “बस चढ्न, कार्यालय प्रवेश, होटल प्रवेश, पसलेले सामान नदिने गरी नियम बनाउनुपर्छ ।”

मास्कको सही प्रयोग पनि यसको नियन्त्रणका लागि महत्वपूर्ण मानिन्छ । अचेल धेरैले अरुसँग कुराकानी गर्दा चिउँडोमा मास्क लगाएको देखिन्छ । सबैभन्दा बढी सङ्क्रमण नाकबाट फैलने हुँदा जुनसुकै समयमा नाक राम्ररी छोपिने खालको हुनुपर्छ । नाक छोपेपछि मुख पनि छोपिन्छ । उहाँले भन्नुभयो, “चिउँडो वा घाँटीमा मास्क राख्दा पछि नाकमा मास्क लगाउँदा सङ्क्रमण सर्नसक्छ ।”

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा। सागर राजभण्डारी अझै पनि कतिपयले मास्कको प्रयोगका विषयमा सचेत नभएको बताउनुभयो । कतिपयले भने जानकारी भएपनि हेलचेक्राई गरेको उहाँको भनाइ छ । घर बाहिर निस्कनुपर्दा अनिवार्य रुपमा नाक र मुख ढाकिने गरी मास्क लगाउनुपर्नै उहाँको सुझाव छ । उहाँले भन्नुभयो, “मबाहेक अरु सबै सङ्क्रमित हो भन्ने सोचेर दूरी राख्ने र मास्कको प्रयोग गर्नुपर्छ ।”

मास्क कहाँ लगाउने रु

सामान्यरुपमा, मास्कको प्रयोग घरभित्र आफ्नो परिवार बस्दा लगाउनु पर्दैन । घरभित्र पनि जोखिम बर्ग ज्येष्ठ नागरिक वा दीर्घरोगी भएमा भने मास्क लगाउने र दूरी कायम गर्दा राम्रो हुने डा। पाण्डेको सुझाव छ । कतिपय व्यक्तिमा सङ्क्रमणको चिन्ताले घरभित्र वा बाहिर एक्लै हुँदा पनि मास्कको प्रयोग गरेको पाइन्छ । मान्छेबाट नै सङ्क्रमण सर्ने बढी सम्भावना भएकाले घर बाहिर पनि मान्छे नभएका ठाउँमा मास्क लगाउनु अनिवार्य हुँदैन । उहाँले भन्नुभयो, “बाहिर निस्कँदा पनि मास्क बोकेर हिँडुनुपर्छ र कोही आएको देख्नासाथ लगाउनुपर्छ ।”

देशभरमा कोरोना सङ्क्रमण बढिरहे पनि धेरैमा अहिले पनि यो त मेरो आफन्त वा सहकर्मी हो यसबाट कसरी सर्ला भन्ने रुपमा लिएको पाइन्छ । बाटोमा वा कार्यालयमा मास्क लगाउनुपर्छ । आफन्त, सहकर्मी जो कोही भएपनि सङ्क्रमित हुनसक्छ भन्ने सोच्नुपर्ने उहाँको सुझाव छ ।

मास्क प्रयोगका अरु पनि छन् फाइदा

कोभिड–१९ विश्वव्यापी भएसँगै प्रयोग बढेको मास्कको अरु फाइदा पनि छ । यसको प्रयोगले धुलो, धुँवा प्रदुषणबाट बचाउँछ । हावामा भएका अरु ब्याक्टेरिया भाइरस र धेरै रोगबाट बचाउन सघाउँछ । मास्कको प्रयोगले क्षयरोग, फ्लु, रुघाखोकी, स्वायन फ्लु, बर्ड फ्लुबाट बचाउँछ । हात नियमित धुँदा यो वर्ष वर्षामा देखिने गरेको टाइफोइड, झाडाबान्ता, हैजा फैलिएको छैन ।

तर यसका फाइदाहरु धेरै नै भए पनि मास्क लामो समय लगाउँदा श्वासप्रश्वासमा केही बाधा भने पुग्ने देखिएको छ । हामीले सास फेर्दा अक्सिजन लिएर कार्बनडाइअक्साइड फाल्ने सजिलो प्रक्रियामा केही बाधा यसले पु¥याउँछ । कतिपय देशमा मास्क फ्रि समय वा माक्स फ्रि जोन राखिएको हुन्छ । हामीले पनि कार्यालय एक्लै हुँदा वा छतमा जाँदा मास्क खोलेर बस्न सकिन्छ । एक्लै हुँदा मास्क नलगाएकै राम्रो हो ।

बन्दाबन्दीमा २८ हजार जनालाई कारबाही

सरकारले मास्कको प्रयोग अनिवार्य गरेको छ । नेपाल प्रहरीले सङ्क्रामक रोग नियन्त्रण ऐनका आधारमा काठमाडौँ उपत्यकामा अहिलेसम्म २८ हजार ३०६ जनालाई कारवाही गरेको महानगरीय प्रहरी कार्यालका प्रवक्ता सुशिलकुमार यादबले बताउनुभयो । उपत्यकामा मास्कको प्रयोग क्रमिक रुपमा बढिरहेको छ । उहाँले भन्नुभयो, “हामीले कारवाही बढाएकाले पनि यसको प्रयोग बढी मात्रामा भइरहेको हो भन्ने हामीले बुझेका छौँ ।”

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

सम्बन्धित

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

रास्वपाको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group