ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वामदेव गौतमलाई लैजाने भनिएको राष्ट्रिय सभाको एक सिटमा तारा बरालको दाबी (निवेदन सहित)


एबीसी न्यूज
२२ भदौ २०७७, सोमबार   ६ : ३२   बजे

 

काठमाडौं, २२ भदौ ।  राष्ट्रियसभाको रिक्त एक सिटमा आफु योग्य रहेको भन्दै एक महिलाले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा निवेदन दिनुभएको छ ।

भरतपुर–१२ चितवन स्थायी घर भई त्रिभुवन बिश्वबिद्यालयमा एमफिल दोस्रो सेमेस्टरमा अध्यरत तारा बरालले राष्ट्रिय सभामा रिक्त एक सिटका लागि निवेदन दिनुभएको हो । उहाँले निवेदनमा राष्ट्रिय सभाको रिक्त रहेको स्थानमा संसदीय निर्वाचनमा जनताबाट हारिसकेका व्यक्ति बामदेब गौतमलाई मुलुकको उच्च संघिय व्यवस्थापिको सदन राष्ट्रिय सभा जस्तो गरिमामय सदनमा लोकतान्त्रिक मुल्य मान्यता र सबैधानिक व्यवस्था बिरुद्ध भएको उल्लेख गर्नुभएको छ ।

उहाँले निवेदनमा मुलुकको नेतृत्वका योग्य, क्षमतावान, निर्विवादित, शिक्षित व्यक्तिको खाँचो रहेको भन्दै आफुले निवेदन दिएको बताउनुभयो।  उहाँले चुनाव हारेका ब्यक्ति राष्ट्रिय सभामा व्यवस्था नभएको भन्दै आफु उक्त पदमा गौतम भन्दा आफुनै योग्य भएको दाबी गर्नुभएको हो । आइतबार सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा पुगेर राष्ट्रियसभा सदस्यका लागि निवेदन दिनुभएहो छ । उहाँले सरकारले चित्तबुझ्दो जवाफ नदिए अदालत सम्म जाने समेत चेतावनी दिनुभएको छ।

उहाँले ३ करोड नेपालीको प्रतिनिधित्व गर्दै आफूले राष्ट्रियसभा सदस्यका लागि निवेदन दिएको र आफु कुनै पनि राजनीतिक दलसंग आवद्ध नभएको स्पष्ट पार्नुभएको छ । उहाले बामदेबलाई राष्ट्रिय सभाको जानका लागि ¥याल नचुहाउन भन्दै निर्वाचनबाट जितेर आउन आग्रह समेत गर्नुभएको छ । सरकारको सिफारिसमा राष्ट्रपतिबाट नियुक्त गर्ने राष्ट्रियसभा सदस्यको रिक्त एक सिटमा नेकपा सचिवालय सदस्य वामदेव गौतमलाई लैजानेबारे नेकपाले निर्णय गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

सम्बन्धित

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group