काठमाडौं, भदौ २४। काठमाडौं विशालनगरका ६७ वर्षका कोरोना संक्रमितको अल्का अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । उच्च रक्तचाप लगायतका दीर्घ रोग रहेका उनको शरीरमा अक्जिनको मात्रा कमी हुनुका साथै मुटुले काम नगरेपछि आइसियुमा उपचार थालिएको थियो । उपचारका क्रममा हिजो साँझ ५ वजे उनको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्