काठमाडौं, २५ भदौ । विश्वभर महामारीको रुपमा फैलिएको नोवेल कोरोना भाइरस (कोभिड–१९)ले – भारतमा संक्रमणमा नयाँ रेकर्ड कायम गरेको छ ।
पछिल्लो समय भारतमा कोरोना संक्रमितको संख्या तिव्र गतिमा बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा ९५ हजारभन्दा बढीमा संक्रमण देखिएको छ । यसअघि सोमबार ९१ हजार ७२३ जनामा संक्रमण पुष्टि भएर संक्रमणमा नयाँ रेकर्ड कायम भएको भारतमा बिहीबार अहिलेसम्मकै धेरै ९५ हजार ५२९ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै भारतमा कोरोना संक्रमितको संख्या ४४ लाख ६२ हजार ९६५ पुगेको छ ।संक्रमितमध्ये अहिलेसम्म ३४ लाख ६६ हजार ८१९ जना संक्रमणमुक्त भएका छन् भने ९ लाख २१ हजार ५५ जनाको उपचार भइरहेको वर्ल्डोमिटर्सले जनाएको छ । यस्तै भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या ७५ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा १ हजार १६८ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ७५ हजार ९१ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्