ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विश्वभर कोरोना संक्रमितको संख्या २ करोड ७७ लाख पुग्दा सार्क राष्ट्रको अवस्था यस्तो


एबीसी न्यूज
२५ भदौ २०७७, बिहिबार   ११ : ४३   बजे


काठमाडौं, २५ भदौ । काठमाडौं– विश्वभर कोरोना संक्रमण पुष्टि हुनेको संख्या दुई करोड ७७ लाख नाघेको छ। बिहिबार बिहानसम्मको तथ्यांक अनुसार विश्वभर २ करोड ७७ लाख १९ हजार ९ सय ५२ जना संक्रमित भएको तथ्यांक रहेको छ।

संक्रमण पुष्टि हुनेको संख्या अमेरिकामा सर्वाधिक रहेको छ। अमेरिकामका संक्रमितको संख्या ६३ लाख ५९ हजार ३ सय १३ पुगेको छ। त्यस्तै भारतमा ४३ लाख ७० हजार १ सय २८, ब्राजिलमा ४१ लाख ६२ हजार ७३ र रुसमा १० लाख ३७ हजार ५ सय २६ जनामा संक्रमण पुष्टि भएको तथ्यांक रहेको छ।

त्यस्तै विश्वभर मृत्यु हुने कोरोना संक्रमितको संख्या ९ लाख नाघेको छ । पछिल्लो तथ्यांक अनुसार ९ लाख ८ हजार ५० जनाको मृत्यु भएको तथ्यांकमा उल्लेख गरिएको छ।

अमेरिकामा १ लाख ९० हजार ७ सय ८४, ब्राजिलमा १ लाख २७ हजार ४ सय ६४, मेक्सीकोमा ६९ हजार ४९, बेलायतमा ४१ हजार ६ सय ८३, इटालीमा ३५ हजार ५ सय ७७ जनाको मृत्यु भएको छ।

विश्वभर एक करोड ८६ लाख ४१ हजार ९० जना संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुनेको संख्या ब्राजिलमा सर्वाधिक रहेको छ।

नेपालमा पनि ४९ हजार २ सय १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। तीमध्ये ३३ हजार ८ सय ८२ जना संक्रमणमुक्त भएका छन् भने ३ सय १२ जनाको मृत्यु भएको छ।

भारतमा संक्रमितको संख्या ४३ लाख ७० हजार १ सय २८ पुगेको छ। भारतमा कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्या ७३ हजार ८ सय ९० पुगेको छ। भारतमा हालसम्म ३३ लाख ९८ हजार ८ सय ४४ जना संक्रमित संक्रमणमुक्त भएका छन्।

पाकिस्तानमा हालसम्म २ लाख ९९ हजार ६ सय ५९ जना संक्रमित भएका छन्। संक्रमितमध्ये पाकिस्तानमा ६ हजार ३ सय ५९ जनाको मृत्यु भएको छ। पाकिस्तानमा हालसम्म २ लाख ८६ हजार ५ सय ६ जना उपचारपछि निको भएका छन्।

बंगलादेशमा कोरोना संक्रमितको संख्या ३ लाख ३१ हजार ७८ पुगेको छ। बंगलादेशमा हालसम्म ४ हजार ५ सय ९३ जनाको मृत्यु भएको छ। उपचारपछि निको हुनेको संख्या बंगलादेशमा २ लाख ३० हजार ८ सय ४ छ।

अफगानिस्तानमा संक्रमितको संख्या ३८ हजार ५ सय ४४ पुगेको छ। अफगानिस्तानमा १ हजार ४ सय २० जनाको मृत्यु भइसकेको छ भने ३१ हजार ४८ जना उपचारपछि निको भएका छन्।

माल्दिभ्समा संक्रमितको संख्या ८ हजार ८ सय ३४ जना रहेको छ। मृत्यु हुनेको संख्या ३१ छ भने उपचारपछि निको हुनेको संख्या ६ हजार २ सय ८८ पुगेको छ ।

श्रीलंकामा संक्रमितको संख्या ३ हजार १ सय ४७ जना रहेको छ। संक्रमणपछि मृत्यु हुनेको संख्या १२ छ भने निको हुनेको संख्या २ हजार ९ सय ४६ रहेको छ।

भुटानमा संक्रमितको संख्या २३४ पुगेको छ। उपचारपछि निको हुनेको संख्या १५३ छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group